काभ्रेपलान्चोक – बनेपा ओखलढुंगा जिल्लाको प्राप्चा गाविसमा जन्मनुभएको गायिका गोमा कोइराला आज भोलि गित संगीतमा निकै ब्यस्त हुनुहुन्छ । लामो षंघर्स र मेहनत बाट यस क्षेत्रमा प्रवेश गरेको बताउनु हुन्छ । सानै उमेर देखि गित संगीतमा लाग्ने चाहाना भएकोले यस क्षेत्रमा छु भन्नू हुन्छ । प्रस्तुत छ काभ्रे बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गायिका गोमा कोइरालासँग गरेको छोटो अनि रमाइलो कुराकानी

० तपाईंको हाल सालै कुन गित बजारमा देख्न पाइन्छ ?
मेरो हाल सालै मन परेरै होला नि गित बजारमा देख्न पाइन्छ ।

० गित संगीतको साथ साथै केमा ब्यस्त हुनुहुन्छ ?
म गित संगीतको साथ साथै खासै केहिमा ब्यस्त छैन नयाँ नयाँ गित बजारमा ल्याउने तयारी गर्दै छु साथै घर तिरको काममा नै ब्यस्त छु ।

० गित संगीत क्षेत्रमा कसरी आउनु भयो ?
मलाई गित संगीत क्षेत्र सानै देखि मन पर्ने क्षेत्र हो । म धेरै मेहनत र परिश्रम गरेर आएको छु । मेरो रुचि र चाहानाले नै म यस क्षेत्रमा आएको हु ।

० कसको प्रेरणा बाट यस क्षेत्रमा आउनु भयो ?
मेरो रुचि र चाहाना नै गित संगीत क्षेत्रमा आउने थियो । पछि बिस्तारै मलाई साथीहरुको साथ सहयोग मिल्यो अनि परिवारले पनि साथ दिनु भएकोले म यसमा आउन सफल भए भन्नू पर्छ ।

० तपाईं गायको सबै भन्दा चर्चाको गित कुन हो ?
मैले गाएको गित उतिकै चर्चामा छन । तर सबै दर्शक श्रोताको मन मुटुमा भने आयो दशै गरिबलाई रुवाउन गितले निकै चर्चा पाएको थियो ।

० अब तपाईंको कुन गित दर्शक श्रोताले देख्न पाउने छन ?
अब पछिल्लो समयमा सताउछु निष्टुरी बोलको गित आउने तयारीमा छ पछि नाम परिवर्तन गर्ने कुरा पनि आएको छ नाम फरक पनि हुन सक्छ तर चाडैं आउदै छ ।

० तपाईं यस क्षेत्र बाट बाच्न सक्नु हुन्छ ?
गित संगीत क्षेत्र बाट बाच्न अलि गाह्रो छ ।

० किन एक कलाकारले अर्को कलाकारको सम्मान गर्न जान्दैनन् ?
हो एक कलाकारले अर्को कलाकारको सम्मान गरेका छैन्न किनकि आफू भन्दा माथी उनीहरु पुग्ने भए भनेर खुट्टा तान्ने प्राविधि धेरै पाइन्छ कलाकारिता क्षेत्रमा ।

० कस्तो गायिका बन्न मन छ ?
मलाई चर्चामा आउन मन छैन तर सबै दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गायिका बन्न मन छ ।

० लोक गित कस्तो हुनु पर्छ ?
गित संगीतमा धेरै छाडापन आएको छ । लोक गित संगीत भनेको गाउँ पाखा पखेरी तिर गुन्जने र सबै सँग बसेर हेर्न सुन्न मिल्ने हुनु पर्छ ।

 

० कस्तो खालको गित बढी गाउनु हुन्छ ?
गाउन त म सबै खाले गित गाउछु तर लोक दोहोरी बढी गाउने गरेको छु लोक दोहोरीमा पनि दुख पिडाको अलि बढी गाउने गरेको छु ।

० भाबी योजना के बनाउनु भएको छ ?
मेरो योजना भनेको नै गित संगीत क्षेत्रमा निरन्तर लागि रहने हो । पछि एक दिन कसो सफल नभइएला ।

० अन्तमा ?
मलाई माया गर्नु हुने सम्पुर्ण दर्शक श्रोताहरु लाई धेरै धेरै धन्यवाद यसैगरी माया र साथ दिनु होला साथै तपाईं लगायत तपाईंको मिडिया नव क्षितिज साप्ताहिक लाई धेरै धेरै धन्यवाद ।