अत्यन्तै प्रेम भाव बोकेको मार्मिक गिती एल्वब चरी मर्यो गुडै रित्तियो हिजो साँझ देखि दर्शक श्रोता माझ आएको छ । सर्जक कमल दाहालको उत्कृष्ट शब्द रचनामा बनेको गीतमा स्वर पनि कमल दाहाल र दिया दुलालको रहेको छ ।
रामकृष्ण थापाको संगितमा वएभ स्टुडियोमा रेकर्ड भएको गितको भिडियोमा कमल दाहाल, हरि घिमिरे, सुनिता बखुन्चे, रसिना राना मगर, नवराज बजगाई, सुनिल जिम्बा, रामहरी न्यौपानेलगायतको जिवन्त अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन सुनिल मोक्तानले गरेका छन भने बिमला सापकोटाले श्रृगार गरेकी छन । कमल दाहाल, रविन्द्र ढलकुटी र सुनिल जिम्बाले निर्देशन गरेको भिडियोमा काभ्रे जिल्लाका बिभिन्न रमणिय स्थानलाई ड्रोनसटमा कैद गरिएको छ । भिडियो कमलस् टिभी युट्युब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुस भिडियो