पर्सा जिल्लाको लक्ष्मीपुरमा जन्मनु भएका कलाकार अनिल कमुार जिसि आज भोलि गितको छायाकंन सँगैठुलो पर्दा चलचित्रमा समेत अभिनयमा ब्यस्त हनुहुन्ुछ । बाबु कष्ृण बहादर जिसि र आमा बिष्णुमाया जिसिको कोख बाट कलाकार अनिलकमार जिसिको जन्म भएको हो । सानै उमेर देखि नै हिरो बन्ने सपना बोकेर हिडेका जिसि छायाकंन सँगै कलाकारको रुपमा परिचित छन । ३, ४ महिना फिल्म सम्बन्धि टेनङ लिएका उनी निकै सघंर्ष र मेहेनतबाट यहाँ आएको बताउछन् । प्रस्तुत छ उनैसँगको छोटो कुराकानी
० आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
कलाकारिता क्षेत्रमा गित संगितको निर्देशन र ठुलो पर्दाको चलचित्र चिरागमा अभिनय गर्दै छु । कान्छी, बुहारी, नारी, छुच्ची सासु, परिवार, ओजस्बी, भाग्यरेखा, माया, सहारालगायतका सिरियलमा अभिनय गरिरहेको छु ।
० अहिले सम्म कति ओटा गितको निर्देशन गर्नु भयो ?
हालसम्म ३ दर्जन गितहरुको निर्देशन गरेको छु । केहि सिरियल र चलचित्रमा अभिनय समेत गरेको छु । ६० भन्दाबढी गितको छायांकन गरेको छु ।
० कसरी लाग्नु भयो यस क्षेत्रमा ?
सानैदेखि हास्यटेलिसिरियलहरु मन पथ्र्यो र धेरै हेर्थे । पछि गएर केहि कलाकार र निर्देशकसँग भेट भयो । उहाँहरुको सहयोगमा यो क्षेत्रमा प्रवेश गरेको हुँ ।
० यस क्षेत्र बाट बाच्न सकिन्छ ?
अलि गारो नै छ । सँगै केहि काम पनि गर्नु पर्ने हुन्छ । म चाहि आफ्नो रहर र इच्छा पुरा गरिरहेको छु ।
० तपाईले छायांकन/निर्देशन गरेको चर्चाको गित कुन हो ?
मैले छायांकन गरेका प्राय गितहरु चर्चामा नै छन । नचलेका भन्ने छैनन । हेर्दै जाउ अबका के हुन्छन र पछिल्लो समय रामेछाप मन्थली बजार बोलको गित बढी चर्चामा रहेका छ ।
० अन्तमा के भन्न चाहानु हुन्छ ?
तपाईको मिडिया मार्फत लाखौ दर्शक, श्रोता र पाठकहरु माझ मेरो कुरा पु¥याई दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु । अनि तमाम पाठकहरुलाई मेरो कलाकारिता हेरेर सल्लाह सुझाव दिन अनुरोध गर्दछु ।