पनौती-५, चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा दुई दिने ’कृत्रिम फूलको माला बनाउने तालिम’ सम्पन्न भएको छ । जेष्ठ २३ र २४ गते सञ्चालन भइरहेको उक्त तालिमको व्यवस्थापन संस्थाको शिक्षा उप–समितिले गरेको हो ।
शिक्षा उप–समितिका संयोजक सकुन्तला श्रेष्ठको अध्यक्षता र संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको तालिममा सहभागीहरूलाई दक्ष प्रशिक्षकद्वय लक्ष्मी श्रेष्ठ र अनुपा श्रेष्ठले सहजीकरण गरिरहनुभएको थियो । संस्थाका ३८ जना महिला सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा संस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष कल्याणी चन्द ठकुरी, सञ्चालक समिति सदस्य सुर्य कमल श्रेस्ठ, सदस्य सुजना योगल, र संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी लगायत विभिन्न उप–समितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । महिला सदस्यहरूलाई परम्परागत सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउने र व्यावसायिकतातर्फ आकर्षित गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको बताइएको छ ।