बनेपा, सर्वेक्षण अनुसार विश्वका अधिकांश मानिसहरु धूम्रपान गर्दछन् । यो तेस्तो लत हो जसलाई न छोड्न सकिन्छ न यसले केहि फाइदा नै गर्छ र पनि हामी त्यसैमा मख्ख छौ । यति मात्र होइन बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै सातवटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकामा अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ । त्यस क्रममा ५७ प्रतिशत मानिसले बिहान उठ्नबित्तिकै चुरोट खाने गरेको, र ७४ प्रतिशत सेवनकर्ताले चुरोट छाड्न कोशिस गरे पनि नसकिरहेको उल्लेख छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेपजस्ता स्वादिलो र मिठास सुगन्ध आउने ‘फ्लेवर’ राखेर बिक्री गर्ने पाइएको बताए । उनले हाल किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढेकाले अभियान सञ्चालन गरेर रोक्नुपर्ने बताए ।
संचारमाध्यमबाट सूर्तिजन्य पदार्थको बिज्ञापनमा रोक लगाएको पनि धेरै भइसकेको छ । तर यसको प्रभाव घटेको मान्न सकिंदैन । धुम्रपान लगायत सुर्तिजन्य पदार्थको सेवनले आर्थिक, शारीरिक लगायत थुप्रै कुराहरुमा हानी पु¥याउँछ । विश्वमा प्रतिवर्ष करिव १० लाखभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी देखापर्दछन् । तीमध्ये ५० प्रतिशत सुर्तिजन्य पदार्थको सेवनले बिरामी भएको पाइन्छ । चुरोटमा करिब चार हजार प्रकारका विभिन्न रासायनीक विषादी रहेका हुन्छन् । त्यस्ता पदार्थहरु शारीरिक रक्त प्रणालीसँग मिलेर मानव शरीरका विभिन्न अंगमा पुग्छन् । त्यसले ती अंगहरुलाई निष्कृय बनाउँदै लान्छ भन्ने बैज्ञानिक तथ्य छ ।
चुरोटमा कार्बन मोनोक्साइड, हाइडा«ेजन साइनाइड, कार्सिनोजेन, रेडियोधर्मी र निकोटिनजस्ता विषादी रासायनिक पदार्थहरु पाइने कुरा स्वास्थ्यकर्मीहरुको दावी छ । क्यान्सर रोग विशेषज्ञका अनुसार चुरोट सेवन गर्दा तुरुन्तै घाँटी खसखस गर्ने । स्याँ स्याँ बढ्ने, नाडीको गति बढ्ने, दाँत पँहेलो हुनेजस्ता लक्षण देखिन्छन् । त्यसैकारणले क्यान्सर, हृदयघात र दमजस्ता रोगका कारण मर्नेको संख्या दिनानुदिन बढिरहे पनि सुर्तिजन्य पदार्थको सेवनमा कमी हुनुको सट्टा झन बढिरहेको छ ।
विश्व जनस्वास्थ्य संगठनको अनुमान अनुसार एड्स टि.भी., मातृ मृत्यु, दुर्घटना, हत्या, आत्महत्याबाट मर्नेको संख्याभन्दा धुम्रपानको कारणबाट मर्नेहरुको संख्या बढी हुने छ । धुम्रपानले ठूलो क्षति पु¥याउने भए पनि यसतर्फ मानिसहरु झन आकर्षित भइरहेका छन् । बाहिर जिउडाल जति ठाँटिए पनि भित्री रोग बढाउने तत्वको प्रवेश गराउनेको व्यक्तित्व उच्च छ भनेर मुल्याङ्कन गर्न सकिंंदैन । नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । धूमपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेहजस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन् । त्यसैले आर्थिक, सामाजिक, स्वास्थ्य र समाज सबैलाई फाईदा पु¥याउन आजैदेखि धुम्रपान त्यागौं । स्वस्थ्य जीवन बाचौं । आफ्नो घरमा कसैले सुर्तीजन्य पदार्थ सेवन गर्दछन् भने पहिलो तिनीहरूलाई छोडाऔँ । विस्तारै सामाजका अन्य व्यक्तिलाई पनि यस कार्यमा नलाग्न सचेत गराऔँ ।