बनेपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेको जिल्ला सभापतिमा पुन प्रविन ढकाल सर्वसम्मत चयन भएका छन । पार्टीको शनिबार भएको प्रथम जिल्ला अधिवेशनले ढकाललाई जिल्ला सभापति सर्वसम्मत चयन गरेको थियो । यसैगरी उप–सभापतिमा पुण्यमाता घिमिरिे सर्वसम्मत चयन भएकोमा अन्य पद सचिव, सचिव एवं जिल्ला कार्यसमिति सदस्य पदमा भने निर्वाचन भएको थियो ।
निर्वाचनबाट सचिवमा जी.एन सापकोटा, सहसचिवमा प्रकाश तिमल्सिना र जिल्ला सदस्यहरुमा तारा बहादुर कुँवर, नवराज बोलखे, सरिता केसी, सुशिला खत्री, साजन श्रेष्ठ, विकाल तोलाङ्गे, नगेद्र डोटेल, जेन कुमार लामा र ङेमा लामा निर्वाचित भएका छन ।
सभापतिमा चयन भएपछि ढकालले रास्वपाले उठाउँदै आएका सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकका आधारभूत सरोकारका विषयलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न आफू र आफ्नो टिमले निरन्तर काम गर्ने बताए ।
उद्धघाटन सत्रका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीले जिल्ला सभापतिसहित पदाधिकारी र कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेर रास्वपालाई जिल्लामा मजबुत पार्टी बनाउनुपर्ने बताएका थिए । पार्टी र सङ्गठन बलियो बनाउनका लागि नेतृत्व सर्वसम्मत चयन गरेमा सहयोग पुग्ने उनको भनाई थियो । अधिवेशन उद्घाटन समारोहलाई सांसद बदन भण्डारी लगायतले सम्बोधन गरेका थिए ।