बनेपा, प्रगतिशील लेखक सघं काभ्रे शाखाको आयोजनामा नियमित काव्य गोष्ठी तथा साहित्यिक अन्तक्र्रिया कार्यक्रम शनिबार बनेपास्थित शिक्षक सङ्गठनको हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रलेसका केन्द्रीय सचिव कुशल बोगटी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा कविद्वय ईश्वर थोकर र बलराम बिष्ट लाई ‘स्रष्टा विशेष’ का रूपमा सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता रक्तिम लामाले गर्नुभएको थियो भने सञ्चालन नवराज दाहाल ‘उत्साही’ले गर्नुभएको थिया े।
स्वागत मन्तव्य कवि मुरहरी रायमाझी हरिले गर्नु भएको कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्ना कविता, रचना तथा साहित्यिक विचार प्रस्तुत गर्दै समसामयिक साहित्य, समाज र सिर्जनाका विविध पक्षबारे अन्तरक्रिया गरेका थिए । गोष्ठीमा मुरहरी रायमाझी, दिनेश खरेल, सरस्वती चिमौरिया, कालिका त्रिपाठी, भवानी पाण्डे, श्रीकृष्ण पाण्डे, शारदा नेपाल, सञ्जय सोती, केशव घिमिरे, राधिका घिमिरे, प्रमोद भण्डारी, केदारनाथ तिमल्सिना, उपेन्द्र दाहाल तथा अल्फि फोहिन फाक्लुक्पालगायत स्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रमका अवसरमा स्रष्टा विशेषद्वय ईश्वर थोकर र बलराम बिष्टलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो भने प्रमुख अतिथि कुशल बोगटीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ ।








