नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ बागमती प्रदेशको बिस्तारित बैठक आउदो असोज १३ गते बज्र क्याफे टुसालमा बस्ने भएको छ ।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेशको सुर्खेतमा आगामी कार्तिक १७ र १८ गते हुने तेस्रो राष्ट्रिय खेलको तयारीका लागि आउदो असोज १३ गते बागमती प्र्रदेशको बैठकको तयारी गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

असोज १३ गते हुने बैठकमा बैठक बागमती प्रदेशका पधाधिकारी, सदस्यहरु सबै जिल्लाका पधाधिकारीहरु र बागमती प्रदेशबाट केन्द्रमा रहने सबैलाइ अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ बागमती प्रदेशका अध्यक्ष संगम लामाले बताउनु भयो ।