काभ्रेपलान्चोक – बनेपा गित संगित क्षेत्रमा पहिला देखिनै धेरै रुची राख्नु हुने नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका कबिलास २ मा जन्मुभएको प्रतिभा शाली गायक दिनेश श्रेष्ठ मुख्य तया काठे लोक दोहोरी गायकको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायकहरु मध्ये पर्नुहुन्छ । प्रस्तुत छ उहाँसँग अरबिन्द्र गौतमले गरेको छोटो कुराकानी
० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि गित संगीत र आफ्नै दैनिक कार्य ड्राईभिङ तिर नै व्यस्त छु
० सुरुका दिनहरु बारे बताउनु होस कसरी यस क्षेत्रमा प्रवेश गर्नु भयो ?
मेरो रुचि नै सानै देखि गित संगित क्षेत्रमा लाग्ने थियो । बालपन देखि नै प्रोग्रामहरुमा , जात्राहरुमा , मलाई गाउन लाउनु हुन्थ्यो । गाउदै जादा एल्बम पनि निकाल्ने जोश बढयो तर काम गर्ने क्रममा निकै गार्हो हुन्थ्यो । गार्हो भएपनि निरन्तरता दिइरहे पछि गित संगीत बारे धेरै बुझ्ने अवसर पनि पाए यसरी नै म गित संगीत क्षेत्रमा प्रवेश गरेको हु ।
० अहिले सम्म कति ओटा गीत गाउनुभयो ?
हाल सम्म मैले गायको,मेरो सहकार्यमा र मैले मोडलिङ गरेको गितहरु खासै गनेको त छैन तर मेरो गित बजारमा दर्जन भन्दा बढि छ्न र अझ धेरै गितहरु बजारमा सार्वजनिक गर्ने तयारीमा छु ।
० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
अहिले सम्म त धेरै जस्तो लोक गित गाएको छु र लोक गित संगीत नै गाउँछु किन भने यसले गर्दा हाम्रो मौलिकता सान मान प्रतिस्ठा झल्किन्छ ।
० तपाईंको आफ्नो जिल्लाको गित पनि बजारमा आएको रहेछ कतीको सहयोग र साथ मिल्यो यस गित बजारमा ल्याउन ?
सबै भन्दा धेरै त जिल्लाकै गित नमस्ते नुवाकोट बाट नै परिचित छु । यस पछी नै हो मलाई मिडिया बाट सोचे भन्दा धेरै सपोट भऐको र अझ पनी धेरैले साथ सहयोग गर्नु भएको छ । यसले गर्दा अझ हौसला बढेको छ ।
० जीवन के हो ? कसरी बुझ्नु हुन्छ ?
जीवन एउटा दुख सुखको बाटो हो जस्तो लाग्छ मेरो बुझाईमा म यसलाई एउटा संङ्घर्षको जालो भनेर बुझ्दछु ।
० गित संगितमा आएको विबृतिलाई कसरी बुझ्नु हुन्छ ?
मौलिक्ता लोभ हुन न दिम भन्छु सुधार्नु होस आफुलाई गित संगीत बुझेर मात्रै काम गरौ नकारात्मक तरिकाले भाइरल भएर चिनिनु भन्दा राम्रो काम गर्नुस थोरै इजज्त तपाइको सफल जिबनको सहयात्री हुन सक्छ भन्दछु।
० गायन क्षेत्रबाट कतिको सन्तुष्ट हुनु हुन्छ ?
यस क्षेत्रमा प्रवेश गरे पछि आफ्नो नाम र जिल्लाको नाम चिनाउन सफल भएको छु । यसले गर्दा धेरै दर्सक स्रोताको मान मुटुमा बस्न सफल भएको छु र सबैले माया गर्दिनु भएको छ । म यस क्षेत्रबाट सन्तुष्ट नै छु ।
० गित संगित बाट नै बाँच्न सकिन्छ ?
सकिन्छ१तर धेरै मेहेनत गर्नु पर्छ अर्को विशेष कुरा त अरुको रिश गर्न हुदैन आफुले जति सफलता प्राप्त गर्न सकेका छौं त्यसैमा सन्तुष्ट हुनु पर्छ ।
०गायन क्षेत्रमा लाग्नुको मुख्य उदेश्य के हो ?
धेरै भन्दा धेरै दर्शक श्रोताको माया साथ र म मेरो नाम र देशको नाम बिश्व सामु सुपरिचित बनाउनको लागि म यस क्षेत्रमा लागेको हु ।
० आफ्नो दर्शक श्रोतालाई कसरी चिनाउन चाहानु हुन्छ ?
समाजमा र परिवार सङै बसेर हेर्न सुन्न नसक्नी गरेर हैन बिस्तारै बिस्तारै राम्रै गित निकालेर दर्सक माझ चिनाउन चाहन्छु आज लोक बिधामा छु आउने दिनमा लोक पप र्याप जेमा पनि हुन सक्छु तर छाडा गित निकाल्ने छैन राम्रो गायकको नाम बाट चिनाउन चाहान्छु ।
० लोक गित कस्तो होस जस्तो लाग्छ ?
लोक गित हाम्रै समाजको रहन सहन झल्कने हाम्रै उकाली ओराली भन्ञ्याङ् चौतारी तिर गुन्जने र आफ्नै मौलिक परम्परालाई समेटिएको होस जस्तो लाग्छ । तर आज भोली बजारमा यस्तो सिर्जना कमै मात्रामा देखिन्छन।
० गित संगितलाई कसरी बुझ्नु हुन्छ ?
जब मान्छेमा कुनै एउटा समस्य आउछ जस्तै माया पिरती घर परिवार र आफ्नत बाट हो । यस्तो अबस्थामा आफ्नो मनलाई भुलाउने एउटा पाटो हो भनेर बुझ्दछु । जाहा मानिसले आफ्नो दुख शुख बिर्सन सक्ने सरल माध्यम हो ।
० तपाँईले गाउनु भएको चर्चाको गित कुन कुन हो ?
मैले गायको गित मध्य सबै दर्शक श्रोताले र मिडियाले चिन सफल भएको गित जुन दिन छुटेउ एर्पोटको गेटबाटु हो र अरु बाट पनि यस्तै सफलता मिलेको छ। जस्तैस्मुटुको साथी,गोर्खाली छन चर्चाको गित हो ।
० पर्व विशेष गित ठिक कि अरु गित ठिक ?
गित त पर्व बिशेष गित पनि ठिकै हो। तर पर्व शिषेश गित भन्दा सदाबाहार गितहरु बढि जस्तो मिडियाहरुले प्रसारण गर्दिने भएकोले सदाबाहार गित ठिक लाग्छ ।
० हजुर आफ्नो दर्सक श्रोताहरु र संञ्चार माध्यमलाई के भन्न चाहानु हुन्छ ?
म मेरो दर्सक श्रोता र संञ्चार माध्यमलाई के भन्न चाहान्छु भने हामी कलाकार दर्सक बिना अधुरो र संञ्चार माध्यम बिना अपुरो छौ । त्येसैले म मेरो सम्पुर्ण दर्सक श्रोताहरुको र संञ्चार माध्यमको माया र हौसलाको प्रतिक्षामा रहेको छु भन्न चाहान्छु ।
० अन्तमा ?
म हजुरहरु प्रति निकै आभारी छु । किन भने मेरो गित संगितको भोगाई र चासोको विषय राख्ने अबसर दिनु भयो। हजुरहरुको मिडिया लाई सधै सफलताको शुभकामना दिदै मलाई आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछु । जय गित जय संगीत







