अन्ततः प्रत्येक ५ वर्षमा हुने स्थानीय तहको निर्वाचन यहि २०७९ बैशाख ३० गते सम्पन्न भै त्यसको परिणाम आउनेक्रम पनि करीव करीव अन्त्य भैसकेको छ ।मूलुक संघीय प्रणालीमा प्रवेश भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । जसले कुन राजनीतिक दलको जन समर्थन शक्ति कस्को कति रहेकोछ भनी अडकल गर्ने आधारको रुपमा लिन सकिन्छ ।विशेष गरि राजनीतिक पार्टीप्रती कुन दलमा कति मानिस अर्थात जनताको आस्था र झुकाव छ भनी मापन गर्ने बलियो आधारको रुपमा लिने गरिन्छ । तर पार्टीका संगठित सदस्य वा कृयाशिल सदस्य वाहेक अन्य नागरिकहरू पार्टीको नीति, सिद्दान्त र कृयाकलापको आधारमा फेरबदल भैरहन सक्छ । जनता नै त्यस्ता शक्ति हुन जुन राजनीतिक दलहरूको राज्य र जनतालाई दिने सुख,शान्ती र राष्ट्रिय स्वाभिमानलाई हेर्ने आधारमा पनि भर पर्छ । जनताहरू खासगरी सत्ता सन्चालनको स्वरुप र प्रतिपक्षिमा रहँदाको अवस्थामा खेलेको भुमिकाको आधारमा पनि निर्वाचनको माध्यमबाट कसलाई बहुमत दिई सत्तामा पु¥याउने र कसलाई प्रतिपक्षमा राख्ने भन्ने कुरामा निर्भर हुन्छ । जो कुनै यस्तो मूलुक होस जहाँ स्वच्छ राजनीतिक प्रतिस्पर्धाबाट सत्तामा पुग्ने प्रयास गरिन्छ ।
तर नेपालको यहि स्थानीय निर्वाचन अन्य प्रजातान्त्रिक मूलुकहरूको निर्वाचन भन्दा बिल्कुलै भिन्न एवं फरक रहेकोछ ।सर्वोच्चको परमादेशको सहारमा सत्तासीन हुन पुगेका पाँच दलीय (अहिले छ दलीय) गठबन्धन भएर स्थानीय निर्वाचनमा एक्लो एमालेसंग चुनावी प्रतिस्पर्धामा उतृन पुग्यो ।भलै यो लेखतयार गर्दासम्म सर्सर्ती हेर्दा नेपाली काँग्रेस पहिलो(३२८ प्रमूख÷अध्यक्ष),एमाले दोस्रो(२०५ प्रमूख÷अध्यक्ष) र माओवादी केन्द्र (१२१ प्रमूख÷अध्यक्ष) तेस्रो र एमालेबाटै चोइटिएको समाजवादी नामको कथित समाजवादी अर्थात नेपाली काँग्रेसको झर्केलो नेकपा “ एस“ पाचौँ(२१ प्रमूख÷अध्यक्ष) हुन पुगेकोछ । अरु पार्टी भन्दा पनि तीनगुणा बढी फुर्ती गर्न पुगेको यो माकुनेको एस पार्टीले एमालेलाई पत्तासाफ पार्छौँ भनेर हुँकार छोडेका थिए तर परिणाम ठीक उल्टो हुन पुग्यो । सत्य यथार्थमा सत्य नै हुन्छ र भगवानले असत्य र पापिहरूलाई सजाएँ गर्छ भनेझैँ यस्तै सजाएँ गर्न पुगेको छ नेकपा कथित “ एस “ लाई र माओवादीलाई पनि । यध्यपी यी दुवै पार्टीलाई आफूहरू नराम्रोसङ्ग पराजित हुनु परेकोमा भित्री ¥हृदयमा भारी पीडा त होला नै तैपनि बाहिरी अनुहारमा एमालेलाई पहिलो पार्ट्रीबाट दोस्रोमा झा¥यौँ भन्नेमा अत्यन्त खुशी नै भएको हुनुपर्छ । तर यिनिहरूले भित्री अँध्यारो कोठामा बसेर मूल्यान्कन गर्नैपर्छ कि वास्तवमा जनमत एमालेकै पक्षमा रहेछन र एक्लाएक्लै लडेको भए एमालेले नराम्रैसङ्ग धुलो चटाउने रहेछ भनेर पनि सम्झिन सक्छ । बाहिरी अनुहारमा जति उज्यालो मुस्कान ल्याउन खोजेपनि भित्री अन्तरात्मामा डाहा र छ्टपट्टी भएको अर्थात पार्टी फुटाएर यो पाप गर्न पुगेकोमा आत्मग्लानी त अवस्य हुनुपर्छ । अभिबाजित एमालेमै हुँदा मान पुगेन अपमान ग¥यो भनी उफ्र्न पुगेका माकुने,झलनाथको मान सम्मानलाई नेपाली काँग्रेस र माओवादीले केन्द्रले कुन उचाइमा पुग्नेगरी सम्मान गरे त्यो पनि यहि निर्वानले देखाइ हाल्यो । हुनत सङ्घिय संसद र प्रदेश सभाहरूमा जुन सन्ख्यामा आफ्नो पक्षमा पार्न सफल भयो र गर्जन ठूलो गर्नपायो त्यो प्रष्ट भएकोछ । स्थानीय स्तरका नेता र कार्यकार्ताहरू अत्यन्त न्यून सन्ख्यामा मात्र बिभाजनको पक्षमा लाग्न पुगेको त यो निर्वाचन अगावै पनि तथ्यले प्रष्ट पारिसकेको थियो ।साँच्चै भन्नुपर्दा करीव ९.५ % को हाराहारिमा बिभाजनको पक्षमा लाग्न पुगेको जुन अनुमानलाई यो स्थानीय निकायको निर्वाचनले पुष्टि नै गरि दियो । अहिले देशभरिको नगर प्रमूख उप– प्रमूख,अध्यक्ष उपाध्यक्ष आदिको बिजयी स्थितिलाई हेर्दा यो पनि नेपाली काँग्रेस समेतको बैशाखिले टेवा दिन पुग्दा यति(करीव) २१ जना भएपनि निगाहाले दिएको मान्नै पर्छ र गठबन्धन गर्न पुगे वापतको फाइदा यति भएपनि भएकोमा ठुलै उपलव्धी मान्नैपर्छ ।त्यहाँ “एस“ पार्टीको हैसियत अनुसार यति दिएको पनि काफी मान्नु पर्छ ।सिङ्गो एमालेमा रहँदा भिन्न पार्टीको झैँ हरेक क्षेत्रमा भागबण्डाको हैसियत माग्दै आएका माकुनेलाई यो निर्वाचनमै नेका सभापती शेर बहादुर देउवाले सहि स्थान दिएको मान्नैपर्छ । मेरै कारणले÷मैले गर्दा नै प्रधानमन्त्री बन्न पाएको भनी गुण देखाइ स्थानीय निकायमा माओवादीको बरावरी सीट दावी गरेपनी प्रचण्डले समेत साथ नदिँदा जेष्ठ महिनाको आलुबारीमा सिला खोजेर भेटाइने सीमिता आलुको संख्यामा मात्रै भएपनी चित्त बुझाउनै प¥यो । नत्र त्यति भए पनि गुम्ने अवस्था ज्वलन्त देखिन्थ्यो ।यसैत आफ्नै पार्टीमात्र एकल निर्वाचनमा होमिदा त उम्मेदवारको आकान्छिलाई भाग पु¥याउन नसकेर दर्जनौ काँग्रेसीजनहरू बागी उठ्ने गरेको अवस्थामा एक्लो काँग्रेस निर्वाचनमा जानू हुन्न भन्ने भयर अर्को सत्तारुढ ग्रुपलाई किन चिढाउने भनी गठन्धन गर्न पुगेको काँग्रेस त्यति लाटो थियन । निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय घाँतीसम्मै आइपुगेकोले त्यतिमै भएपनि चित्त बुझाउनुको बिकल्प नै रहेन ।“ खाए खा,नखाए घिच“ भने झैँ गरेको काँग्रेस समेतको यो गठबन्धन सामु लुत्रुक्क परेर स्वीकार्नुको बिकल्पै रहेन । यध्यपी नेपाली काँग्रेस पार्टी र यसका निष्ठावान समर्थक,कार्यकर्ताहरूबाट जति खुलेर मत दिनुपर्ने हो त्यो दिएन ।जति माकुनेको “एस“ पार्टीले सक्दो सहयोग गरे नेकाका मतदाताहरूले त्यो किसिमले दिएन वा दिन चाहेनन । माकुनेको पार्टी र यसका समर्थक कार्यकर्ताहरूले एमालेलाई हराउनकै लागि भएपनि जिउज्यान दिएर नेकालाई जिताउन सहयोग गरे । तर,नेपाली काँग्रेस र यस पार्टीका प्रतिबद्द कार्यकर्ताहरूले हृदयदेखि स्वीकारेर दिएको देखिएन । यसो हुनुमा एक त सिदान्तको रुपमै भिन्न बिचार ठान्न पुगे वा आफ्नोभन्दा बढी सीट आउलान भनी डराए वा दस वर्षको कथित द्वन्दकालमा दिएको दुः ख र पीडा सम्झिन पुगे त्यो उनिहरू नै जानुन । जेहोस माकुनेको एमाले हराउने एउटै मात्र उद्देश्य,माओवादीलाई आफ्नो अस्तित्व रक्षा गर्ने ध्यय र नेपाली काँग्रेस सत्ताको सहयोग,यी दुवैपार्टीबाट हुने बैशाखी सहयोगको माध्यम्ले पूनः देशको पहिलो पार्टी हुने लक्ष्य पूरा गर्नुपर्ने थियो ।यसकारणले पूर्ण रुपमा हुन नसके पनि सन्तोस मान्नुपर्ने ठाउँसम्म भने पुगे कै मान्नुपर्छ । जे होस सत्ताधारी परमादेशी गठबन्धनेहरूले यो पनि महसुस गरेको हुनुपर्छ कि हामीहरू यसरी सत्ता को भरपूर दुरुपयोग र बिना गठबन्धन एक्लाएक्लै लडेको भए नेपाली काँग्रेसको एकाध सीट बाहेक अन्य सवै सहयात्री दलहरूको चाल कछुवाको गुप्तवास झैँ हुने रहेछ भन्ने पनि प्रष्ट भयो । हुनत यो निर्वाचनको बारेमा कसलाई कति फाइदा भयो कसलाई बेफाइदा भयो भन्ने वारेमा पनि छलफल र समीक्षा गर्लान नै ।यो उनीहारूकै आन्तरिक चासोको बिषय हो । यस गठबन्धनले एमालेलाई औपचारिक रुपमा पालिकाका प्रमूखहरूमा केही कमि हुन आएपनि आफ्नो जनमत कति रहेछन भनी मापन गर्न सजिलै रह्यो ताकी गठबन्धन पक्षधरहरूलाई यति सजिलो देखिन्न । अहिलेकै पालिका प्रमूखहरूको बिजयी स्थितिलाई हेर्दा नेपाली काँग्रेस निकै मजबूट जस्तो देखिए पनि अहिल्यै यसै भन्न सकिने अवस्था छैन । यसको लागि आगामी संसदीय निर्वाचनको बेला दलको लागि प्राप्त हुने समानुपातिकबाट प्राप्त मतलाई नै हेर्नुपर्ने हुन्छ ।नेपाली काँग्रेसले हाल प्राप्त गरेको पालिका प्रमूख तथा जनप्रतिनिधिहरूको सन्ख्या केवल प्राविधिक रुपमा प्राप्त सन्ख्या मात्र मान्नु पर्ने हुन्छ किनभने यी दलका !बिजयी या पराजित जुनसुकै होस एकल पार्टीको लोकपृय मत वा पार्टीको मत कति हुन भनी छुट्याउन सक्ने अवस्था छैन । अझ भनौभने अहिलेको गठबन्धनको लोकपृयताको बारेमा चर्चा गर्ने हो भने अनि सरकार गठन गरेको समयदेखी अहिलेको यो करीव १० महिना अवधिमा जनता र मूलुकका लागि हित हुने एउटा काम गरेको छैन । संङ्हीय सरकारमा र प्रदेश सरकारमा मन्त्रालय बढाउने र मन्त्रीलाई जागिर खुवाउने काम वाहेक यो चाहिँ राम्रो काम हो भनेर प्रशंसा गर्ने काम एउटै भएको छैन भन्दा कुनै फरक पर्ने छैन ।यतिमात्र नभै महाकाली नदीकोको धामी ट्वीन घटना, लिपुलेक,लिपियाधुरा समेतको चुच्चे नकशा भारतले गायव गर्दा समेत चुँईँक्क बोल्न नसक्नुको साथै ःऋऋ जस्ता देशघाती सम्झौता गर्न पुग्नुलाई कति राम्रो मान्न सकिन्छ । अतः यस्तै यस्तै जनबिरोधी कार्यहरू गर्दै गएबाट पनि नेपालमा कुनैबेला दुईतिहाइ बहुमत÷स्पष्ट बहुमत ल्याउन सफल भैकन गएको २०७४ को सङ्हीय निर्वाचनमा एमालेकै समकक्षिमा पार्टीको समर्थन मत प्राप्त गर्न सफल नेपाली काँग्रेस अहिले आएर पाँचदलीय गठबन्धनको बैशाखि बनाइ चुनावमा होमिन पुग्नु र एमालेको भन्दा धेरै सीट प्राप्त गर्न सक्नुमा कुनै हौसिनु पर्ने र फुर्किनु पर्ने अवस्था छैन ।सुन्निएको जिउलाई मोटाएको भन्नू र नेपाली काँग्रेसले धेरै सीट ल्याउनुमा कुनै अन्तर छैन । कसैले बुझ पचाएरै नेकालाई अहिले नै ठुलोदल देख्न पुग्छ भने आफ्नो चोर,बदमास छोरोलाई राम्रो देख्नु जस्तै मात्र हो भन्न सकिन्छ अर्थात बुझपचाहा फुर्ती र प्रशंसा बाहेक अरु के होला । अनि एमालेलाई थोरै सीटमा खुम्चिनु प¥यो भनेर कोही कसैले टिप्पणी गर्न र कसैले प्रचारको मसला बनाउँछ भने यिनिहरूको पूर्वाग्रही मनलाई कुन शव्दले झटारो हानौँ त्यो शब्दको कुनै कमि छैन ।तैपनी शब्दको झट्टारो हान्न हतार गर्ने पक्षमा यो स्तम्भकार छैन ।
त्यसैले अहिले नेपाली काँग्रेस र माओवादी केन्द्रले पाएको पालिका प्रतिनिधिहरू मात्र प्राविधिक हुन भन्न सकिन्छ ।जे होस यस प्राविधिक बिजय मात्रै भएपनी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिलो र तेस्रो पार्टीको दर्जा देखाउन पाउनु नै पनि सवभन्दा उपलव्धी मान्नै पर्नेहुन्छ नेका र माओवादीको लागि ।
जे होस, अहिलेको स्थानीय निकायमा आएको आशा गरिएभन्दा उत्साहजनक पद प्राप्त गर्न सफल नेपाली काँग्रेस र नेकपा माओवादीको लागि यो स्वादिलो उपलव्धी भएर पनि हुनसक्छ आगामी सङ्हीय र प्रदेशको निर्वाचनमा पनि यो पाँचदलको गठबन्धन कायम राखेर चुनाव लड्ने भन्ने जस्ता अभिब्य्क्तिहरू पनि आउन थालेकोछ । अर्काको भोटले पहिलो र तेस्रो पार्टी बन्न सफल भै हौसिन पुगेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनलाई त्याग्न नै किन सक्थे(?) तर उता गठबन्धन शर्त कबुलियत र मत एकपक्ष गर्ने नीति अनुसार मत नपाइ जिल पर्न गएको माकुने पार्टी र तराईवादी पार्टीहरू फेरीपनि गठबन्धनको नाममा नेपाली काँग्रेस र माओवादीको पुच्छर लाग्छन कि एक्लाएक्लै उठ्ने साहस गर्छन हेर्न बाँकी नैछ । केपि ओलीको घमण्ड र सेँखी झारर्ने नाममा सैदान्तिक रुपमै जन्मजात शत्रु नेपाली काँग्रेससँग लिप्सिन पुगेका माकुने पार्टीमा अलिकतिमात्र पनि बुद्दी बांकी रहे संघीय निर्वाचन अगावै नेपाली काँग्रेसमा बिलय भए सर्वकल्याण हुनेछ । कमसेकम निर्वाचनमा बिस्वातघात नगरी धेरथोरले त आफ्ना पार्टीका नयाँ सदस्य सम्झेर भोट दिएर जिताउलान । एमालेबाट चोइटिनुको पनि अर्थ लाग्छ ।
अन्तमा पाँच दलका बिरुद्द एमाले एक्लैले यो संख्यामा जित हासिल गर्नु,,उपमेयर वा उपाध्यक्षमा करीव ३४ सीट बढी आउनु र पराजित भएको प्रायः सवै ठाउँमा निकटतम प्रतिद्वन्दिको रुपमा आउनुले पनि एमाले पहिलो शक्ति हो भन्ने पुष्टि हुन्छ । अहिले नेपाली काँग्रेस,माओवादी र नेकपा एसले प्राप्त गरेको सीट निज पार्टीहरूकै बलबुट्टाले आएको होइन भन्ने प्रमाणित हुन्छ । यदि आफ्नो एकल तागतले ती सीटहरू प्राप्त गरेको हो भनी प्रमाणित गर्ने हो भने आगामी संसदीय निर्वाचनमा एक्लाएक्लै लडेर पहिलो दल÷तेस्रो दल÷पाँचौँ दल भएर देखाउनने हिम्मत गरोस । नत्रभने अहिलेको पहिलो……को स्थानको फुर्ती मुतको न्यानो मात्र हो !








