बनेपा,आभाष बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १० औ वार्षिक साधारण सभा शुक्रबार पञ्चकन्या वैन्क्विटमा सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा एवं सञ्चालक समितीका अध्यक्ष दिनेशराज कायस्थको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव प्रकाश कायस्थले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास वैद्यले आर्थिक प्रतिवेदन र लेखा संयोजक धर्मभक्त प्रधानले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । आपसी सहयोग सदभाव र सामुहिक हितका लागी सहकारी भन्ने भावनालाइ आत्मसाथ गरी समुदायमा छरिएर रहेका आर्थिक श्रोतहरु संकलन गरी सोही श्रोतको परिचालन गरी सुखदुखको सहयात्री भन्ने मुल नाराका साथ अघि बढेको आभाष साकोसको ३ हजार ७ सय ९२ जना सदस्यता रहेका छन् । छोरी अभियान कार्यक्रम लगायतका सामाजिक कार्यक्रमा उत्कृष्ट रहेको आभाष साकोसको  कुल कारोबार ४६ करोड ३६ लाख ९५ हजार, शेयर पुजी ३ करोड ६२ लाख ८ हजार ९ सय, बचत संकलन ३९ करोड ५८ लाख ४६ हजार ९ सय ३५ रुपैया रहेको छ । उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट बालबचत कर्ता, उत्कृष्ट कर्मचारीलाइ सम्मान गरिएको कार्यक्रममा शेयर सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।