दुई चार साल आउँदिन ऋणको चापमा छु आमा
नसोध सुख दुःख मलाई खाडीको रापमा छु आमा

शुभ साम ठेगान छैन उठ्ने र सुत्ने यहाँ कसैको
त्यसैले छोरा बिदेशी कम्पनी छापमा छु आमा

करार अवधि सकाउनै पर्छ पर्छ मैले जसोतसो
हर दिन गन्दै गन्दै म समयको नापमा छु आमा

याद आउँछ स्वच्छ हरियालीमा रमेको वनपाखा
यहाँ त दिनदिनै स्वास्थ्य झन् खरापमा छु आमा

मनमनै दिल दिमागले भन्दैछ अब आउन्न यता
ब्यर्थै आएछु थुईक्क भन्दै आफैं सरापमा छु आमा