नेपाली लोक आधुनिक लयमा आधारित “रुप रैछ ज्योति झैं टल्कने” गीतको भिडियो सार्वजनिक भएको छ । Highlights Nepal YouTube channel मार्फत बजारमा आएको गीतमा गायक शैलेश कुमार मिश्र तथा गायिका शान्ति थापाको स्वर रहेको छ । दिपक रमनको संगीत तथा नारायण थापा”कल्पीत”को शब्द रचना रहेको गीतमा हिमांशु जङ्ग क्षेत्री र आश्मा थापाको फिचरिङ रहेको छ भने भरत लामाको कोरियोग्राफीमा अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ ।
चन्द्र लाल तामाङको निर्माण तथा निर्देशन रहेको यो भिडियोको creative director को भूमिका कुमार गजुरेलले निभाउनु भएको छ भने सम्पादन बिष्णु जि.सी.को रहेको छ । त्यस्तै गरी श्रृंगार ज्ञानु जङ्ग थापाले गर्नु भएको छ ।








