काभ्रेपलाञ्चोक , बिगत ४ बर्ष देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जागँरका साथ निरन्तर आफनो अभिनय तथा शब्दका माध्यमबाट सक्रिय गीतकार एवम कलाकार हुन इन्द्र दाहाल शिशिर । घाइते मुटु , सिउदो , शुन्य , पैसाको अभाव , गयो मेरो ाचयेला , ज्यान दियो परदेशीले ,आत्मा लगायत ३०० को हाराहारीमा उनले नेपाली संगीत क्षेत्रमा आफनो शब्द मा गीत रेकर्ड गराएका छन । मनमा आटँ र काममा लगनशिलता भएको खण्डमा सवैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने उनी बताउछन । नेपाल तथा अन्तराष्ट्रिय रुपमा आयोजना गरिने विभिन्न अवार्ड समारोहमा उनीद्धारा रचना गरिएको गीतहरुले अवार्ड हात पार्न सफल भएका छन । नेपालको सांगीतिक क्षेत्र दिन प्रति दिन धरासाही बन्दै गैरहेको यो अवस्थामा पनि निरन्तर रुपमा अगाडि बढेर कला क्षेत्रमा गीतकारको छवि राम्रो बनाउनु पर्छ भन्नेमय उनी निरन्तर क्रियाशिल रहेका छन । कठिन परिस्थितिमा समेत समाना गदै अगाडि बढेका गीतकार इन्द्र दाहाल खाइ नखाई यस क्षेत्र प्रतिको लगानीले सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाईरहेको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गीतकार इन्द्र दाहाल शिशिरसँग गरेको कुराकानी
आजकाल के गदै हुनुहुन्छ ?
म काठमान्डौमय रहेर विभिन्न विभिन्न नेपाली लोकदोहोरी साथै सुगम सगीतको रचनामा क्रियाशिल रहेको छु ।
कलाकारितामा धेरै क्षेत्रहरु छन तर नि तपाई गीत लेखनमा नै चै कसरी प्रवेश गनुभयो नी ?
म सानै उमेरदेखी अलिक भिन्न काम गर्नको लागी प्रयास गर्ने स्वाभाव म मा रहेको थियो , त्यसैले कुनै पनी विषयबस्तुका विषयमा गहन रुपमा आफनो विचार प्रस्तुत गर्ने स्वभाव विद्यालय स्तरमा रहदा नै थियो । गीत संगीत प्रति सोख थियो त्यसैले यसको लागी अगाडि आए ।
गीत संगीतको क्षेत्रमा कहिले र कसरी यात्रा शुभारम्भ गर्नु भयो ?
सानै देखि गित सङ्गीतमा झुकाब राख्थे बिशेष लोक संगीतमा झुकाब थियो , म स्कुलको हरेक कार्यक्रममा भाग लिन्थे मलाई मैले गाउँ घरमा हुने कार्यक्रममा भाग लिने गर्थे सबैले राम्रो छ अझै अगाडि बढ्न भन्नू हुन्थ्यो ।
आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । जुन कामबाट महिले एउटा सफल काम गर्ने बातावरण सिर्जना पाएको छु , अग्रज कलाकार गायक गायिका , सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्गनिर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ ।
साहित्यमा कलम चलाउने हरु विछोडमा पाएको पिडालाई रचनाका रुपमा प्रस्तुत गर्छन भन्छन नी ?
बास्तविक रुपमा भावनात्मक रुपमा जिवन भोगाईलाई समेटेर गीत संगीत निमार्ण गरिने भएकाले होला । त्यो स्यम गीतकार एवम सर्जकको भोगाई नहुन सक्दछ । हामी सर्जक हरुले आपसमा हाम्रै सेरोफेरोमा भएका घटनाक्रमहरुलाई अगाडि ल्याउने हो ।
तपाईको विचारमा प्रेम के हो ?
प्रेम भनेको विचार र भावनाको संगम हो जस्तो मलाई लाग्छ । जुन विश्वास र भावनाले मानिसको जिवनलाई सहि कदममा अगाडि बढन दिन्छ ।
तपाईको सबै भन्दा चर्चित गीत कुन हो ?
मेरो रचनामा रहेको विष्णु माझीको स्वरमा रहेको घाइते मुटु जुन गीतले मलाई आम दर्शक तथा स्रोताको अगाडि चिनाएको थियो जुन गीतबाट मैले अवार्ड समेत सर्वोकृष्ट नव सर्जक लोकदोहोरीको अवार्ड प्राप्त गर्न सफल भएको थिए ।
समाजले तपाईलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
यसरी गीत संगीतको रचनामा सक्रिय भइरहेको अवस्थामा मैले केही भएपनी आफनो मौलिक घरोहरहरुको संरक्षण गर्ने कार्यमा केही साथ दिएको जस्तो आफुलाई महसुस भइरहेको छ ।
अन्य घरपरिवारको तर्फबाट तपाइँ यो क्षेत्रमा लाग्दाखेरिका साथ
सहयोग कस्तो छ रु
ठिकै छ । सवैजनाले सपोट गर्नुहुन्छ ।
हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
म विहान उठने वितिकै आफनो नित्क कर्ममा लाग्छु त्यसपछि खाना खाएर आफनो नियमित गीत लेखनमा नै सक्रिय रुपमा लागेको छु ।
कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ , हामिमै एकता छैन , दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यब्स्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन ।
पछिल्लो समयमा गीत संगीतमा विकृति भित्रीनुको कारण के होला ?
गीत संगीतमा विकृति भित्रीनुको कारण मुख्य रुपमा हामीले मौलिक सम्पादाहरुलाई सरक्षण एवम कला र कृतिहरुलाई जर्गेना नगुर्नु नै हो जस्तो लाग्छ ।हामीले अरुको देखासिखीको कारणबाट समाजमा विकृति भित्रिएको गीत संगीतहरु रचना गरिरहेका छौ ।
मिडियाको भुमिका हरु कस्तो हुनु पर्दछ ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हाैसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ । अझ हामी पर्दा पछाडि काम गर्ने कलाकारलाई त उचित स्थानमा हामीले गरेको कामलाई सवै माझँमा पुयाउनुपर्छ
भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?

म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । भन्ने विचार म मा रहेको छ ।हामीले सदैव भाग्यमा भन्दापनी कर्मलाई अगाडि बढाएर जानु पर्दछ जस्तो लाग्छ ।
अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , म जस्तो नव सर्जकलाई समेत तपाईले यो स्थान सम्म ल्याउनको सहयोग पुयाउनुहुने सम्पुर्ण मेरा पाठक , श्रोता , सहकर्मि साथी साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सवै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु ।
धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
अरविन्द जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।








