गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतमा बाबुल गिरीको स्वर, सङ्गीत तथा एरेन्ज छ ।
माइकल चन्दले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफीरहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ ।
माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ ।








