अरबिन्द्र गौतम / बनेपा
१८ , काभ्रेपलान्चोक – काभ्रेको बनेपामा पहिलो पल्ट एल एण्ड न मोडेल एजेनसीले पहिलो अडिसन सम्पन्न गरेर यहीँ साउन १८ गते शनिबारका दिन ग्रान्ड अडिसन सम्पन्न गरेको छ ।
मोडेल बन्नेहरुको लागि सुनौलो अवसर भन्दै एस शंस्थाले १३ देखी ३० बर्षका बिबाहित ,अबिबाहित, केटा, केटी सम्पूर्णले आबेदन फारम भर्न सक्ने भन्दै आबेदन शुल्क १००० मात्र लाग्ने र सेलेक्ट भैसकेपछि अन्य कुनै पनि सुल्क नलाग्ने समेत जानकारी दिएको थियोे । साउन १८ गते शनिबारका दिन बनेपामा बनेपाको पार्टी भेनुमा दिउसो ११ बजे देखि सुरु भएर ३ बजे कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौ लगाएत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा एस शंस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसनसो आयोजना गर्न लागेको आयोजकले बताए ।
एक हजार दर्ता शुल्क सँगै आयोजकले तालीम,मेकअप,फोटोसुट,भिडियो प्रमोसन,ड्रेसअप लगाएत निशुल्क सिकाएको हामी लाई जानकारी दिएको छ । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । एस पटक महिलाहरुको महान चाड तिज लाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने उनले बताए ।







