……खरानी
कबिको कलम , सुनिता कर्माचार्य
पशुपति गए वरिपरि हेरे
एकापट्टी आरतीको बत्ती थियो
अर्को पट्टी कसैको दागबत्ती
जब दुबै निभे
नियालेर हेरे
दुबै खरानी थियो
र दुबै खरानिको आ– आफ्नै काहानी थियो ।।
एउटा खरानीले भन्दै थियो
हासो थियो, रोदन थियो,
रहर थियो, उमंग थियो, रमाइलो थियो
अनि फेरि फर्केर जाउ जस्तो
त्यो बीस पच्चिसको मस्त जवानी थियो ।।
माया थियो, ममताको छाया थियो,
हार थियो अनि संघर्स पछिको जित थियो
केही कथा थियो ,केही बेथा थियो
अनि मेरो पनि एउटा छुट्टै काहानी थियो ।।
जुन काहनीमा जोस थियो, जागर थियो, लोभ थियो, घमण्ड थियो
के–के गरौला भन्ने सोच थियो
आज पो खरानी भए
हिजो सम्म त मेरो नि जिन्दगानी थियो ।।
अब बोल्ने पालो अर्को खरानिको थियो
तर उ चुप थियो
किनकी
उसको न त कुनै काहानी थियो
न त कुनै जिन्दगानी थियो
हिजो सम्म हलुका अनि सेतो कपास थियो
आज मात्र कालो खरानी थियो ।।
मैले देखेको खरानिको यो काहानी थियो
छेउमा बागमती अनि बगेको पानी थियो
पानीमा हावाले उडाइ लगेको खरानी थियो
अनि पानी सङै बग्दै गरेको खरानिको यो काहानी थियो ।।।








