धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा कृष्ण भुषण खोजु निर्वाचित भएका छन । शनिबार भएको मतदानबाट अध्यक्ष पदमा कृष्ण भुषण खोजुले ९०१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी राजकुमार तखाछेलाई पराजित गरे । तखाछेले ८०६ मत प्राप्त गरे । अध्यक्ष पदका अन्य उम्मेदवार केशव खुलालले २६५ र श्याम गणेजुले १८२ मत पाए ।
सचिव पदमा बिन्द्र लाल खोजु निर्वाचित भएका छन । उनले १ हजार ७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जिबनाथ पराजुलीले ९६० मत पाए । त्यसैगरी कोषाध्यक्षमा हरि कृष्ण तिमल्सिना विजयी भएका छन । तिमल्सिनाले १ हजार २९१ मत प्राप्त गरे भने प्रभात श्रेष्ठले ७७१ मत पाए । निर्वाचनमा कुल २ हजार ४४० मत खसेको थियो ।
समितिको सदस्यतर्फ पनि विभिन्न वडाबाट निर्वाचन तथा निर्विरोध चयन भएको छ । धुलिखेल नगरपालिका–३ बाट पुरुष सदस्यमा अर्जुन बहादुर थापा र महिला सदस्यमा माधबी केसी निर्विरोध चयन भएका छन । धुलिखेल–४ को पुरुष सदस्यमा दामोदर गौतम ४०६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी जयराम थापाले २३५ र किरण रन्जितकारले ७२ मत प्राप्त गरे । सो वडाको महिला सदस्यमा लोक कुमारी खरेल निर्विरोध चयन भएकी छन । धुलिखेल–५ को खुला सदस्यमा राधेश्याम श्रेष्ठ १६६ मतसहित निर्वाचित भए । प्रविन श्रेष्ठले १३० मत प्राप्त गरे । सोही वडाको महिला सदस्यमा कुमारी तामांग १७४ मतसहित विजयी हुँदा शर्मिला जोशी कार्कीले ११९ मत प्राप्त गरिन । धुलिखेल–६ को पुरुष सदस्यमा दिपेश योगल २११ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उमेश भट्टराईले १६५ मत पाए । महिला सदस्यमा दिलहरी श्रेष्ठ निर्विरोध चयन भएकी छन ।
त्यस्तै धुलिखेल–७ मा पुरुष सदस्यका लागि भएको प्रतिस्पर्धामा निरज खड्का ३१४ मतसहित विजयी भए । श्याम गज्याले १४० मत प्राप्त गरे । महिला सदस्यमा लक्ष्मी माकजु निर्विरोध चयन भएकी छन । त्यस्तै धुलिखेल–८ को पुरुष सदस्यमा मुकुन्द नेउपाने ९८ मतसहित निर्वाचित भए । इन्द्र ब तामाङ्गले ७८ मत प्राप्त गरे । महिला सदस्यमा रुपा हमाल ९४ मतसहित विजयी हुँदा साईली तामाङ्गले ७५ मत पाएकी थिइन ।