राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न भएको ११औं संस्करणको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा समीक्षा शर्माले ‘मिस ब्युटिफुल नेपाल’ तथा रीता तामाङले ‘मिसेस ब्युटिफुल नेपाल’को मुख्य उपाधि हात पार्न सफल भएका छन ।
पेशाले सौन्दर्यकर्मी रहेकी रीता तामाङले मुख्य ताजसँगै ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्टेड’ गरी चार विधामा उपाधि आफ्नो नाममा पार्दै उत्कृष्ट नतिजा हासिल गरिन । उपाधि जितेपछि खुसी व्यक्त गर्दै तामाङले यो सफलताले आफूलाई अझ जिम्मेवार बनाएको र नयाँ उत्साह दिएको बताइन ।
मिसेस ब्युटिफुल नेपालतर्फका विजेताहरूमा विजेता रीता तामाङ, फस्र्ट रनरअप मन्दिरा आचार्य, सेकेन्ड रनरअप गीता बुढाथोकी, थर्ड रनरअप सृजना घिमिरे, फोर्थ रनरअप रीता कटुवाल, भ्युअर्स च्वाइसस् सृजना घिमिरे, अर्गनाइजर च्वाइसस् रेखा श्रेष्ठ र मस्ट पपुलरस् सुनिता श्रेष्ठ आचार्य बनिन । सब–टाइटलतर्फस् बेस्ट वाक, मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्टेड रीता तामाङ, मस्ट डिसिप्लिन्ड मन्दिरा आचार्य, बेस्ट स्माइल तथा सोसियल वेलफेयर एम्बासडर सुनिता श्रेष्ठ आचार्य, मस्ट पंक्चुअल रेखा श्रेष्ठ, मस्ट एक्टिभ गीता बुढाथोकी, बेस्ट स्किन सृजना घिमिरे, बेस्ट स्पिच र मस्ट क्रिएटिभ रीता कटुवालले हात पारे ।
त्यस्तै मिस ब्युटिफुल नेपालतर्फका विजेताहरूमा विजेता समीक्षा शर्मा, फस्र्ट रनरअप तारा कुमारी दुलाल, सेकेन्ड रनरअप निशा राजवाहक, थर्ड रनरअप संजिना चौधरी, मस्ट पपुलरस् समीक्षा शर्मा र भ्युअर्स च्वाइसस् संजिना चौधरी बनिन । सब–टाइटल तर्फ बेस्ट वाक, मस्ट फोटोजेनिक र मस्ट पंक्चुअल समीक्षा शर्मा, मिस फिटनेस तारा कुमारी दुलाल, बेस्ट स्माइल र मस्ट ट्यालेन्ट संजिना चौधरी तथा बेस्ट स्किन निशा राजवाहक घोषित भए ।
कार्यक्रममा संघीय संसद् नेपाल, राष्ट्रिय सभाकी माननीय उपाध्यक्ष लिलाकुमारी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन । यस्तै वरिष्ठ अभिनेता शिव श्रेष्ठ विशिष्ट अतिथिका रूपमा रहेका थिए भने पूर्व एआईजी तथा गीतकार टेक तामाङ र वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्य, इभेन्ट डाईरेक्टर निशुकान्त झा, डिजे युवा, विशेष अतिथिका रूपमा सहभागी थिए । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री तृप्ति नाडकर (मुख्य निर्णायक), वरिष्ठ गायक आनन्द कार्की, पत्रकार सन्दीप पौडेल, मिसेस ब्युटिफुल नेपाल २०२४ विजेता बिजया अधिकारी, डा. सूचना मराहट्टा, फेसन विज्ञ दिना गुरुङ र मिसेस गुरुङ २०२२ विजेता नीलम गुरुङ रहेका थिए ।
समारोहमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा अर्जुन न्यौपाने–ज्योतिषविद्, कुशल व्यवसायी तथा युवा सामाजिक अभियन्ता । नगेन्द्र न्यौपाने,महाप्रबन्धक, द रिमर ओभरसिज प्रा.लि. । सुनील अर्याल प्रेरणादायी युवा व्यवसायी, राजेश बर्देवा–गायक तथा कार्यक्रम सञ्चालक, धिरेन शाक्य चर्चित एवं लोकप्रिय नायक तथा वरिष्ठ अभिनेता, मञ्जिला सुवेदी विशिष्ट सौन्दर्यकर्मी, कुशल मेकअप प्रशिक्षक तथा सौन्दर्यविद् भक्तपुर, नेपाल । मनकुमारी पोखरेल–प्रधानाचार्य, मिराकल इन्टरनेशनल मोडल एकेडेमी, अमृता ढेके–वरिष्ठ सौन्दर्यविद्, सपना शर्मा–सफल महिला उद्यमी, व्यवसायी तथा सामाजिक अभियन्ता विशालबजार, काठमाडौं, राधा शर्मा–वरिष्ठ व्यूटि एक्सपर्ट, देवेन्द्र पाण्डे–म्युजिक भिडियो निर्देशक, दिपा कटलवाल–प्रथम अन्तर्राष्ट्रिय जगतजननी माता साध्वी अखण्ड सनातन बुद्ध खाण्ड्रो तान्त्रिक ज्ञान एवं आध्यात्मिक सत्ता, देवी डाकिनी, श्याम बहादुर महत (हारती माता), धार्मिक अभियन्ता काठमाडौं, नेपाल । कृष्ण कुमारी महत–गजलकार, माया लामा–मेकअप आर्टिस्ट, ललिता जोशी श्रेष्ठ–वरिष्ठ सौन्दर्यविद्, रोशना राजथली–वरिष्ठ सौन्दर्यविद्, गीता अधिकारी–वरिष्ठ सञ्चारकर्मी र खेमनाथ दाहाल–महाकाव्यकार रहेका छन ।
कार्यक्रम दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको आयोजना, गीता उप्रेतीको व्यवस्थापन तथा राहुल बन्जाडेको निर्देशनमा सम्पन्न भएको हो । प्रतियोगीताको कोरियोग्राफी आश्विनी कान्त झाले गरेका थिए । मेगा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । महिलाहरूको आत्मविश्वास, कला र सौन्दर्यको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डले जानकारी दिए ।








