काभ्रेपलाञ्चोक , नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि नृत्यांगना, संचारकर्मी, आर्जेरभिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुर निवासी रन्जना सितिखु सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि रन्जनाले संचार क्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दुःखको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। बहुप्रतिभामुखी रन्जना सितिखुलाइ भक्तपुरकि शान भनेर पनि चिनिने गरिएको छ । आफ्नो कर्मलाई बिश्वास गर्ने रन्जना पाँच वटा बिद्यालयमा नृत्य प्रशिक्षण गराउदैं आएकी छिन। नृत्य विधामा अब्बल रन्जना थिएटर आर्टिस्ट हुन् भने विभिन्न संचारगृहमा काम गर्दै लामो अनुभब संगालेकी उनले आफ्नो आवाजको माध्यम बाट बिकृति र विसंगति बिरुद्ध लड्दै समेत आएकी छिन। विभिन्न राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी रन्जनाले दर्जनौ रियालिटी सो कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्बाह गर्दै आएकी छिन। महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्धन गर्दै नारि हकहितमा दरिलो आवाज बनेकी ‘रन्जना सितिखु’ बहुप्रतिभाशाली, भर्सलटाइल व्यक्तित्वको रुपमा परिचित छिन। भबिष्यमा सामाजिक कार्यमानै आफ्नो जिबन व्यतित गर्ने सोच बनाएकी रन्जना निरन्तर समाज परिबर्तनमा प्रयासरत छिन।उनी बहुप्रतिभाशाली कलाकार रन्जना सितिखु संग संचारकर्मी अरविन्द्र गौतमले गरेको संक्षिप्त कुराकानी 
० नमस्कार ! आजभोलि के गर्दै हुनु हुन्छ ?
नमस्कार, आजभोलि विभिन्न कार्यक्रमको उद्घोषण, म्युजिक भिडियोहरु, भादगाउँ टेलिभिजन र नमस्ते ख्वप टेलिभिजन बाट प्रशारण हुने नेवाः भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले निर्माण गरिएको कार्यक्रम “झि अजि बज्या“ लगायत सामाजिक कार्यक्रमहरुमा ब्यस्त छु।
० यति धेरै क्षेत्रमा संलग्न हुनुहुन्छ, समय ब्यबस्थापन कसरि गरिरहनु भएको छ ?
सर्बप्रथम त मानिसमा काम गर्ने इच्छाशक्ति हुनुपर्छ। समयलाई ब्यबस्थापन गर्न गाह्रो हुदैन। कोभिड १९ र लकडाउनले मारमा परेको हाम्रो मनोरंजन क्षेत्रलाइ अगाडी बढाउन हामीनै सक्रिय हुनु पर्छ। मेरो दैनिकी एकदम व्यस्ततामा बितिरहेको छ, बिहान उठेर बिद्यालयमा नृत्य सिकाउने, दिउसो कार्यालय, विभिन्न कार्यक्रम, म्युजिक भिडियोहरुको छायांकन लगायतका कामहरु हुने गरेका छन्। देश र समाजको लागि सेवा गर्छु भन्ने द्रिड संकल्प लिएर अगाडी बढ्दा अबस्य समय ब्यबस्थापन गर्न सकिन्छ।
० सामाजिक कार्यमा समेत तपाइँ सक्रिय हुनुहुन्छ, के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
म एकदम कोमल हृदयको महिला हुँ, अरुको दुख पिडा देख्न सक्दिन। हामि सामाजिक प्राणि भएर जन्मे पछि समाजको लागि समेत ठोस योगदान पुर्याउनु पर्छ जस्तो लाग्छ तसर्थ मैले अहिले पनि ६ जना अनाथ बिद्यार्थीहरुको लागि बिद्यालयको शुल्कको ब्यबस्थापन गरिरहेकी छु। त्यसैगरी विभिन्न आश्रमहरुमा गएर गाँस बास कपासको लागि आफुले सक्ने सहयोग गर्दै आएकी छु। लकडाउनको समयमा खाना वितरण देखि राहत वितरण सम्मको कार्यहरु गरेको छु। मानिस आफैले चाहेर कोहि पनि अनाथ र गरिब हुने होइन त्यसैले आफुले आर्जन गरेको रकम बाट केहि प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु।
० भक्तपुरमा तपाइँ एकदम प्रख्यात हुनुहुन्छ तपाइलाई भक्तपुरको शान पनि भनिन्छ किन ?
यो सबै भक्तपुर निवासी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुले माया गरेर दिनुभएको उपमा हो। भक्तपुरको लागि, आफ्नो नेपाल भाषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै प्राचिन शहर भक्तपुरलाइ देश विदेशमा चिनाउन जुन मैले योगदान दिएकी छु त्यसैको फलस्वरूप सबैले माया गरेर भक्तपुरको शान रन्जना भन्ने सुनेकी छु। यधपी कहिले काहीं मलाई डर पनि लाग्छ ! जुन उपमा अहिले मैले पाएको छु, बिश्वास माया पाएकी छु, यसलाई जिबन्त राख्न सक्छु कि सक्दिन भनेर तर पनि म सदैब भक्तपुर र भक्तपुर निवासीहरुको लागि मैले सक्ने योगदान दिन तत्पर छु।
० जिबनको अर्थ के हो ?
अधिकांश मानिसहरूको सन्दर्भमा, जब उनीहरू “मेरो जीवन“ भन्छन्, हामीले यो बुझ्नुपर्ने भएको छ कि उनीहरू आफ्नो जागिर, आफ्नो व्यापार–व्यवसाय, आफ्नो परिवार, आफ्नो कार, आफ्नो सम्पत्तिको बारेमा कुरा गरिरहेका हुन्छन्स उनीहरू स्वयं जीवन हुन्, तर त्यसको बारेमा कुरा गरिरहेका हुँदैनन् ।तपाईं जीवन हो र यतिखेर तपाईं जीवित हुनुहुन्छ— यसैकारण, यी सबै सहायक वस्तुहरूले केही अर्थ राखेका छन् । जब तपाईं “जीवनको अर्थ के हो“ भनेर सोध्नुहुन्छ, वास्तवमा तपाईं जीवनको बारेमा निचोडमा वा टुङ्गोमा पुग्न चाहिरहनु भएको हुन्छ । तपाईंको जीवनको निचोड अनि तपाईंको जीवनको अन्तिम क्षण वा टुङ्गिने क्षण एउटै हो— तपाईं र म दुवैका लागि । तपाईं जुन क्षण निचोड वा निष्कर्षमा पुग्न चाहनुहुन्छ, अनजानमै तपाईं मृत्यु पछ्याइरहनु भएको हुन्छ । तपाईंको बाल्यकालदेखि अहिलेको अवस्थासम्म तपाईंसँग फगत यत्ति भएको छ । तसर्थ जिबन एउटा निरन्तर चलिरहने प्रक्रिया हो। सुख दुख, हाँसो र रोदनको समिश्रण पनि हो।
० तपाईलाइ समाज परिबर्तन गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
समाज नकारात्मक सोचको सिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कहिले चरितार्थ होला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ । तर, पनि नकारात्मक विचारको ओइरो छ ।हाम्रो समाजमा आलोचना गर्ने प्रवृत्ति संस्कारकै रूपमा विकास भइरहेको छ, जहाँ इन्टरनेटमा पहुँच हुनेहरूका लागि अहिले आफ्नो गुनासो व्यक्त गर्न फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल राम्रो माध्यम बनिरहेको छ । अर्काको कमी कमजोरी केलाउने, असफलता तथा अयोग्यताहरू खोतल्ने र त्यसको मुल जरै समातेर अनावश्यक टीकाटिप्पणी गर्ने लत नै लागेको भान हुन्छ । आम मानिसमा समाजका केही विषयमा हल्कारूपमा टिप्पणी गरिहाल्ने तर त्यसले पार्ने दुरगामी असरलाई विल्कुलै नजर अन्दाज गर्ने प्रवृत्ति छ । अहिलेका युवाहरुलाई भविष्य प्रति उसलाई ढुक्क बनाउन सक्नुपर्छ । काम गरेपछि सफल भइन्छ, लगानी गरेपछि नाफा हुन्छ, मिहेनत गरेपछि प्रगति हुन्छ, यात्रा प्रारम्भ गरेपछि चाहेको गन्तव्यमा अवश्य पुगिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बलियो आत्मविश्वास तयार पार्नुपर्छ । यस्तो उच्च मनोबल बनेपछि मात्रै व्यक्तिले हरेक क्षेत्रमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउँछ । प्रसन्नता, उत्साह, उमंग, प्रशंसाले भरिएको समाजमा मात्रै उन्नतिको सम्भावना हुन्छ । निराशा, कुण्ठा मात्रै व्यक्त गर्ने, अरूको अनावश्यक चियोचर्चाे र आलोचना गर्ने संस्कारले सिर्जनात्मकता सम्भव हुँदैन । यसका लागि सकारात्मक सोचकै आवश्यक हुन्छ र समाज परिबर्तन हुन्छ ।
० अन्त्यमा सोध्न छुटेको र भन्न चाहेको केहि कुरा हरु छन् कि ?
मलाई तपाईहरुको लोकप्रिय नव क्षितिज साप्ताहिकमा आफ्नो कुराहरु राख्ने मौका दिनुभएकोमा संचारकर्मी अरविन्द्र गौतमलाई बिसेष धन्यबाद दिन चाहन्छु। विश्व कोभिड १९ ले धरासायी बनिरहेको अबस्थामा हामी अहिले राजनीति संकटमा फसेका छौ। दुरदर्सि नेतृत्व देशले नपाउँदा सम्पूर्ण जनताले कष्ट भोग्नु परेको छ। चांडैनै राजनीति अस्थिरता अन्त भएर जनताहरुले सुख शान्तिको अनुभूति गर्न पाएको खण्डमा मुलुक सम्बृदीको बाटोमा उन्मुख होला जस्तो लाग्छ। अबको अबस्थामा हामी आफै चेतनशील भएर मुलुक र समाज परिबर्तनको लागि अग्रसर हुनु पर्छ। तसर्थ समाज परिबर्तन गर्न हामि आफै बाट सुरु गरौँ।








