अरबिन्द्र गौतम / बनेप
८ , बैशाख / काभ्रेपलान्चोक – बनेपा ओयो र इजि चाउचाउ उत्पादक  क्यापिटल फुट प्रा.लिले आधिकारिक बिक्रेता तथा होलसेल बिक्रेताहरु बीच पहिलो पटक काठमाडौं लागयत अरु विभिन्न जिल्लाहरुका बिक्रेताहरु बीच भत्तपुरको नगरकोट हिल रिसोर्टमा क्यापिटल फुट प्रा.लि एम.डि लागयतका अन्य कम्पनीका कर्मचारीहरुले भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।

कार्यक्रममा क्यापिटल फुट प्रा.लिका एम.डि लागयतका अन्य कम्पनीका कर्मचारीको साथै विभिन्न जिल्ला बाट आएका आधिकारिक बिक्रेता तथा होलसेल बिक्रेताहरु र पत्रकारहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । भेटघाट कार्यक्रममा कम्पनीका एम.डि एवम् कार्यक्रमको सभाअध्यक्ष सचिन कौशोधनले क्यापिटल फुट प्रा.लिको बारेमा र यस कम्पनी बाट निस्काने प्रडक्डहरुको जानकारी दिदै नयाँ निकालेका प्रडक्डहरुको लन्चिङ गर्नु भएको थियो ।

कम्पनीका एम.डि एवम् कार्यक्रमको सभाअध्यक्ष
सचिन कौशोधनले कार्यक्रममा बोल्दै भन्नू भयो क्यापिटल फुट प्रा.लि बाट उत्पादन हुने प्रडक्डहरु नेपाल लगाएत बिश्वसामु चिनाउने प्राय गरिरहेका छौ तपाईंहरु आधिकारिक बिक्रेता तथा होलसेल बिक्रेताहरुको यस्तै निरन्तर साथ पाएको खण्डमा हामी अझै नयाँ नयाँ प्रडक्डहरु उत्पादन गर्दै जानेछौ ।

कार्यक्रममा अरु अतिथिहरु आनन्द श्रेष्ठ , एकेन्द्र साउद , रामहरि कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भने चर्चित कलाकार एवम् पत्रकार राशी रिजालले गर्नु भएको थियो भने बागमती अञ्चलका सेल्स मेनेजर सुदर्शन बरालले स्वागत मन्तव्यमा बोल्दै भन्नू भयो आधिकारिक बिक्रेता र थोक बिक्रेताहरुसँग आपसी सम्बन्ध सुमधुर बनाउनको लागि हामी यो कार्यक्रम आयोजना गरेका हौ । कार्यक्रममा सबै बागमती अञ्चलका आधिकारिक बिक्रेतालाई सम्मान पनि गर्ने छौ उहाँहरुको साथ र निरन्तर सहयोगको कारणले नै हामी बजार नयाँ प्रड्क्ड ल्याइरहेका छौं । हाम्रो क्यापिटल फुट प्रा.लिको इजि चाउचाउ र ओयो चाउचाउ भने उपभोक्तहरु रुचिमा पर्दै आएको छ ।

कार्यक्रममा बागमती अञ्चलका आधिकारिक बिक्रेता र थोक बिक्रेताहरुसँग क्यापिटल फुट प्रा.लिका एम.डि देखि कम्पनी सबै कर्मचारीले आपसी सम्बन्ध सुमधुर बनाउनको लागि भेटघाट गरेका थिए । कार्यक्रमम आधिकारिक बिक्रेताहरु लाई दोसल्ला र मायाको चिनो सहित सम्मान गरेको थियो भने आधिकारिक बिक्रेताले समेत कार्यक्रममा बोल्दै नेपालको पहिलो नम्बर १ बनाउने छौं तर तपाईंहरुले हामीलाई नयाँ नयाँ स्किम दिनु होस नम्बर १ ब्राण्ड बनाउन हामी तयार छौं भनेका थिए ।