काभ्रेपलान्चोक – विभिन्न हाेटल रिसाेर्ट तथा रेष्टुरेन्टमा काम गरेर अनुभव वटुलेका धुलिखेल ११ का युवा उद्यमि सुरेश तिमल्सिनाले आज देखी बनेपामा रहेको मयुर चलचित्र हलको अगाडि पट्टी झझल्को क्याफे एण्ड सेकुवा कर्नर को सुरुवात (समुदघाटन ) गर्नु भएको छ ।

जिल्लाको बनेपा नगरपालिकामा नयाँ व्यवसाय थपिने क्रम लकडाउनको समयमा समेत रोकिएन । असोज एक गते औपचारीक कार्यक्रम गर्दै बनेपा नगरपालिका वडा नं. ८ अन्तर्गत अरनिको राजमार्गबाट चैतन्य क्याम्पस जाने स्थानमा नँया सेकुवा कर्नरको समुदघाटन भएको हो ।

व्यवसायको उत्घाटन प्रमुख अतीथि ग्लोबल नेपालिज सेफ फेडरेसनका केन्द्रिय महासचिव मोहन बहादुर गजुरेलले रीबन काटेर गर्नु भएको थियो
क्याफेमा खाना नास्ताका साथै पेय पदार्थको समेत व्यवस्था रहेकाे र अर्डर अनुसार हाेम डेलिभरि समेत रहेकाे संचालक तिमल्सिनाले जानकारि दिए ।