काभ्रेपलान्चोक – बनेपा नगरपालिका अन्तर्गत कोरोनाको संक्रमणको त्रास दिनानुदिन बढ्दै गईरहेको छ । यसैविच नगरपालिका र केहि स्थानिय अगुवाहरु यसको व्यवस्थापनतर्फ अगाडि बढेका छन् । कोरोना रोकथाममा नगरपालिकाले गरेको कार्यमा व्यवसायीले प्रत्यक्षरुपमा सहयोगसमेत गरिरहेका छन् । 
बनेपा नगरपालिकाका चर्चित व्यवसायी तथा युवा नेता रन्तकुश रञ्जित यतिबेला व्यवसायतर्फमात्रै उन्मुख नभएर बनेपालीको स्वास्थ्यको समेत ख्याल राख्दै अघि बढिरहेका छन् । व्यवसायी रञ्जितले यस अगाडिपनि विभिन्न दिनदुखी र आर्थिक रुपमा विपन्न परीवारलाई सहयोग गर्दै आईरहेका छन् । यसैबिच, बनेपा नगरपालिकाले आफ्नो पहुच विस्तार गर्नका निम्ती आईसोलशनको स्थापना गरेका छ । आईसोलशन बनेपा नगरपालिका वडा नं. ५ मा रहेको नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयमा रहेको छ । महाविद्यालयको भवनमा रहेको आईसोलशनमा ५० वेडको व्यवस्थापन गरिएको स्थानिय पालिकाले जानकारी दिएको छ । यस ५० वटा वेडमा ३० वटा स्थानिय नगरपालिकाले व्यवस्थापन गरेको छ भने २० वटा व्यवसायी रत्नकुश रञ्जितले व्यवस्थापन गर्नुभएको छ । 
रञ्जित सामाजिक क्षेत्रमा पहिलेदेखि नै क्रियशिल रहदै आउनुभएको थियो । व्यक्तिगत सहयोग धेरै व्यक्तिहरुलाई गरेता पनि यसपटक रञ्जितले सिंगो बनेपालीको स्वास्थ्य जस्तो जटिल क्षेत्रमा सहयोग गरेका छन् । यस सहयोगले बनेपालीको समस्यामा हैसेमा हेस्टे गरेको केहि बनेपाली युवाहरु बताउछन् । रञ्जित भने आफुले ठूलो सहयोग गर्ने ईच्छा रहेको र यो एउटा जनस्वास्थ्य स्तरमा जनताको जीवनलाई प्रत्यक्ष असर गर्ने क्षेत्रलाई व्यवस्थापन गर्नका निम्ती आईसोलशनको क्षमतामा अभिवृद्धिमात्रै ल्याउन चाहेको बताउनुहुन्छ । यस्ता खालका सहयोग गर्न आफु कहिल्यै पछाडि नपर्ने र बनेपालीको स्वास्थ्य र कोरोनाको संक्रमण स्तर हेरेर नगरपालिकासँग समन्वय गर्दै आफु अगाढि बढ्ने रजनतालाई साथ दिने कुरामा आफु सधै लागेको बताउनु भएको छ । कोरोना रोकथाममा व्यवसायीले आफ्नो उपचार गर्न खर्च आफै गर्न सक्ने अवस्था भए पनि रोग खर्चले मात्रै विशो नहुने रञ्जितको ठम्माई छ । त्यसकारण, आफुले सकेको सहयोग महामारीको अवस्थामा गर्न पाउनुलाई भाग्यमानी ठानेको समेत रञ्जित बताउनु हुन्छ ।







