काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबिच छलफल बालुवाटारमा जारी छ । बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरु भेला भएका छन् ।
जारी छलफलमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।







