काभ्रेपलान्चोक –  लामो समयको कारोना कहर केही खुकुलो भएसँगै गीत सङ्गीत सम्बन्धि गतिविधिहरु विस्तारै हुन थालेका छन् । नजिकिदो नेपाली नारीको पर्व तीजलाई लक्षित गरी तीज गीतहरु सार्वजनिक भइरहेका छन् ।                                                                                                                          तीज गीत सम्बन्धि विगत ६ वर्षदेखि हुँदै आएको ‘तीज म्युजिक अवार्ड’का लागि गीता दर्ता अवहान गरिएको छ । छायाँछवि क्रियसनले गर्दै आएको तीज म्युजिक अवार्डको यो वर्षको संस्करणका लागि साउन २५ गतेसम्म गीत दर्ता गर्न सकिने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।