काभ्रेपलान्चोक – नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश बादेले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन बनेपामा रहेको बौद्ध बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेर मनाएका छन ।

ने.वि. संघ काभ्रेका सभापति नृपेश बादेले यो भन्दा पहिला लकडाउनको समयमा पनि गरिब बर्गका मानिसहरु लाई घरमा घरमा पुगेर खाद्यान्न सहयोग गरेका थिए भने कति लाई त आफ्नो होटल Black & white मा खाना बनाएर खुवाएका थिए ।

जन्म दिनमा उनी बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्धबृद्धालाई खाना खुवाउनुको साथै फलफूल केक काटेर सकेको खाद्यान्न पनि दिएको बादेले राम्रो सन्देश डटकम लाई जानकारी दिए । अहिलेको परिस्थितिमा धेरै मानिसहरु जन्म दिन मनाउन होटलमा गएर पाटी गर्न गर्छन् तर बादेले यस्तो भने गरेन्न उनले त्यो पैसाले बृद्धाश्रममा सहयोग गरेका छन ।

मन्दिर गएर पूजा गर्नु भन्दा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने पनि बताए ।

यसरि सबैलाई सहयोग गर्न पाउँदा आफुमा निकै खुसी मिल्ने र जहिले सम्म म सहयोग गर्न सक्छु त्यति बेला सम्म ज्यान लगाएर दुख पिडामा परेका मानिसलाई सहयोग गर्न बादे बताए ।