अरबिन्द्र गौतम, बनेपा
विकास निर्माणको काम लाई भुम्लु गाउँपालिकाले प्राथमिकताको साथमा अगाडि बढाएको छ । भुम्लुमा गाउँ गाउँमा सडक, खानेपानी लगाएतको कामहरु धमाधम भैरहेको छ । यस्तो कार्यमा भुम्लु गाँउपालिका अध्यक्ष गुमानध्वज कुंवर निक्कै पारदर्शी छन् । गाँउपालिका बाट अतिरिक्त सेवा र सुविधा लिदैनन हाल कोरोना भाइरसले विश्व नै आक्रान्त भएको बेला पनि उनी जनताको घर घरमा गएर समस्यामा परेकाहरु लाई समाधान गरिरहेका छ्न ।

गाउँपालिकामा काम गर्न कर्मचारीहरु पनि सबै काम अध्यक्ष लाई सोधेर मात्र गर्न गरेको बताउछन् । पहिला अध्यक्षको स्वीकृत मागेर मात्र काम गरेको पाइन्छ । गैरकानुनी काम आफू पनि गर्दैनन अरुले गरे पनि सहदैनन् । यसरी उनी जनताको सेवा गर्न कडा रुपले अगाडि बढेका छन । बरु मन नपराउनु म गैरकानुनी काम आफू पनि गर्दिन अरुले गरे पनि सहन्न काममा निक्कै कडा छु–अध्यक्ष गुमानध्वज कुंवरको भनाई छ ।
गाउँको बिकास निर्माणको काममा तिब्रता दिएर उनी महामारीको बेलामा पनि गाउँ गाउँ जनताको घर घरमा गएर समस्याहरुको समाधान गर्ने तिर लागिरहेका छन । यसरी उनले काम गरेको देखेर जनताहरुले भन्ने गरेका छन । नेपालकै गाँउपालिकाको अध्यक्षहरुको भन्दा निक्कै भिन्न खालको हुनुहुन्छ । यस कारणले पनि होला उनले आम जनताको निक्कै माया पाएका छन । साविक नेकपा एमालेवाट उम्मेदवार बनेर विजयी बनेका कुंवरका धेरै काम प्रशंसनिय छन् ।

उनले विकासलाई दिर्घकालिन रुपमा कसरी अघि बढाउन सकिन्छ भनेर योजना बनाइरहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा पनि भुम्लु गाउँपालिकामा उत्कृष्ट बजेट बिनियोजन भएको छ । भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार बिनियोजन गरिएको र बजेटमा कृषि र पशुपालनमा जोड दिइएको छ । –नव क्षितिज साप्ताहिकबाट