काभ्रेपलान्चोक – नमोबुद्ध नगरपालिकाले बुधबार सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७/ ७८ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि नगर सभामा मेयर टि.पी. शर्मा तिमल्सिनाले ६३ करोड ८९ लाख ३४ हजार ५ सय ४१ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।

सातौं नगरसभामा नगरपालिकाले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विषेश प्राथमिकता दिदैं नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो ।

रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नमोबुद्धको बजेट तथा नीति कार्यक्रमले समेटेको मेयर टि.पी. शर्मा तिमल्सिनाले मेयरले जानकारी दिनुभयो ।