कुनै दिन सोच्ने गर्थे परदेश भन्ने कस्तो होला ? के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छ होला ? भनेर सबैले सोचेका हुन्छन । के त्यहाँ पैसा फल्ने बोट हुन्छ होला ? यस्तै सोचाइले मन सधै भारी भइरहेको हुन्छ सबैको ।

म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ जान पाएँ । गाउँ परिवार को हाइ हाइ बनिन्थ्यो होला, गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे, हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोचछन् सबैले एक पटक मात्रै जान पाए । लिएर एक सुनौलो सपना बोकी यो आफ्नो जीवनको अनौठो यात्रा गर्न पनि बेर गदैनन् ।

मानिसको जीवनले पनि कहिले कोल्टो फेरको हुन्छ खै थाहै हुदैन,गरिबी जीवनलार्इ उकास्ने सुरमा अचानक परदेशि जीवन जिउँदा पो थाहा पाउछन् । संसारको लिला केहो भन्ने वास्तविकताको दुनियाँ कस्तो रैछ भन्ने ।

हो सपनाको परदेश र विपनाको परदेश एकदम भिन्न हुन्छ हामीले जो सोचेका हुन्छौ, अनि राम्रा राम्रा सपना बुन्ने गर्छौ कुनै बेला । बुढा हजुरबुबाआमा हरु भन्नुहुन्थ्यो, ‘कि त परेकाले जान्दछन कित पढेकाले’, साच्चैनै यो शब्दले प्रदेशिको मनको एक छेउ लिएको हुन्छ । जब प्रदेशि भएँ अनि यस्तै यस्तै कुरा मनभरी खेलाउदै जीवन जिउन बाध्य हुन्छन् ।

यो मानिस भएर पनि अन्धकारको दुनियाँमा विपनाको परदेशको कुरा गर्नु पर्दा जुन दुनियाँलाई बेग्लै ठान्दछन, प्रदेशी संसारमा बाउ खाँन्छ पेट भरी छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजीव जस्तो हुन्छ, प्रदेशको दुनियाँ ।

कोही कसैको कुरो सुन्ने फुर्सद नै हुदैन । सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा हुदैन बाउ बिमार भको पनि थाह हुदैन । एकसुरे जस्तो जीवन हुन्छ, प्रदेशिलार्इ त कता कता लाग्छ,जस्तो सुकै दुःख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक।

जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ । गाउँ घरकाले सोच्दा होलान, ल फलानाको छोरो विदेश बस्छ । धन कमाएर आउछ भन्छन् होला तर भोको नाङगो कसले देख्निे ? पैसाको पछाडि लागेपछि के आफ्ना के पराई सबै तोड्दा रैछन भन्दा होलान। आफु नमरी स्वर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमालाई के थाहा,परदेशको हालत,यहाको परिपाटी

अरुको सोचाइ पनि म गलत सोच्दिन ठिक हो । तर गाउँ परिवार आफ्नाको सम्झना त किन हुदैन र ! सम्झना मनमै खुम्चाएर राखनु पर्छ यहाँ, माया ममतालाइ भूल्नु पर्दो रैछ यहाँ काम नगरी सुखै नहुने हुन्छ ।

भो आज स्वास्थ्यलाई ठिक छैन भोलि गरमला काम भन्न पाइदैन । जति दुःख भए पनि मरिमेट्नै पर्छ । कहिले काही त लाग्छ यो कस्तो दुनियाँ हो ? बिरामी पर्दा तातो पानी पनि तताएर दिनि मान्छे नहुदाँ मन त यति त रुदैन, सकीनसकी आफूले नै गर्न पर्ने । आफूले नबाले चुलो बल्दैन । ला आज तलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ?

ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् ।अनी यही देशका मान्छेले परदेशिएकालाई हेर्ने नजर पनि अलग हुन्छ । दुई पैसा कमाइ केही गरौला भन्ने सोच पनि परदेश को हावाले त्यतिकै उडाइदिँदो रैछ। बुढेसकालको साहरा होलान छोराछोरी भन्दा बाउआमा सँगै साहारा माग्नुपर्ने अवस्थालाई चिर्न धेरै युवा विदेशीएको देख्छु ।

हरपल गाउँ परिवार को यादले मन छटपटाइरहदा कति खेरजाम जस्तो हुन्छ यो मनमा ,सधै सधै यो मन यो उडेर गाउकै सपना मा बिलिन हुन्छ।। बाआमा कस्तो हुनुहुन्छ होला ? काका काकी को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकी हजुरआमा, बहिनिहरुलाई कस्तो होला ?

गाउँमा नयाँ के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यँहाका दिन काट्ने साथीहरु हुँदा रैछन। मन किन हो किन एकोहोरिरहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छर ।जे पर्दा पनि लदिन पर्छ यहाँ। उफ कहिले काहि तमनमा गाँठो परेर आउछ यहाको चलन देख्दा । धेरै चोटी रोएको पनि थिए ।

बाबुआमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले ? आँखाको आँशु आँखैमा सुकाउनु पर्ने। आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन ।यहाँ। जस्तै भए पनि परिवारको काखमा रामाउन कसलार्इ मन छैन र ? यो दुनिया स्वार्थी भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैन हुने। बाध्यता त मजदुरीले गर्दा बिरानो मुलुकतिर पाइला नचाली नहुने । उही पैसाकै कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन ? यो दुनियाले पैसालाइ नै ठुलो किन देखेको होला ? सोच्छु । तर, के गर्ने जता जाउ त्यहि उही पैसा । यो बिना त केही गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला ?

मलाइ त यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दुःख गर्नु परे पनि आफनै गाउँलाई सुन्दर बनाउने मन छ । मन भएर के गर्ने धनीलाई अगाडि नलगिन्जेलसम्म केही नहुने उफ, एक मन त भो मत जान्छु परदेश भन्ने यस्तै रैछ भन्नि सोच्छु । फेरि एकछिनपछि मन बदलिन्छ भो जानु हुदैन । घर गएर पनि केही गर्न सकिएन भने मेरो एक्लो जीवन त जहा गएर भए पनि पालौँला तर घर परिवार पनि हेर्न पर्यो नि भन्नि सोचाइले खिचेर फेरि यहिको दुनियाँमा रमाउने कोसिस गर्ने सोच्छु ।

मत सबै मेरा साथी भाइलाई यो भन्न चाहन्छु की ढिडो रोटो जस्तो भए पनि घरकै खाउ, दुःख जति परेपनि परिवार सँगै बाड्दै जिउ तर परदेश जानी दुई पैसा कमाउनी सोचाइलाई बदलौ मान्छेको जातलाई जति भए पनि थोरै नै हुन्छ ।

त्यसैले सन्तोष धैर्यलाई कहिल्यै नतोडम भन्छु म त । बरु भगवानसँग प्रार्थाना गरौँ कि भगवान अहिले जस्तो जिइ रहेको छु उस्तै सँधै भइरहोस यहाँ भन्दा तल जान नपरोस । यहाँ भन्दानी माथि पनि नलगिदेउ भनौँ यो लोभको घैटोमा जति पानी हाले पनि भरिदैन ।

बरु आफ्नै गाउँमै केही गरेर देखाउने सोचाइ बनाऔँ तर पैसाको आशमा परदेश जानुा नपरोस् । बस साथी । यही हो यो म मात्रै होइन सबै परदेशीको व्यथा ।