काभ्रेपलान्चोक – एकीकृत रामारोशन विकास समाज-नेपाल काठमाडौ ले रामारोशन गाउँपालीकाको लागि स्वास्थ्य सामग्री पठाएको छ ।
कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेको र यसैबीचमा बिदेशबाट स्वदेश फर्किनेहरुको संख्यामा वृद्धि भएसँगै कोरोनाको संक्रमणको जोखिम झनै बढिरहेको बेला अछाम रामारोशन गाउँपालिकामा क्वारेन्टाइन मा बसेका हरुको लागि अत्यावश्यक मानिने स्वास्थ्य जाँच का लागि ज्वरो नाप्ने मेशीन (थर्मल गन), सर्जिकल मास्क, ह्यान्ड सेनिटाईजर र सर्जिकल ग्लोबस जेठ १८ गते रात्री अछाम रामारोशनको लागि गएको रात्री बसमा पठाईएको समाजका सचिव रुपेश साउदले जानकारी गराउनुभयो ।
समाजले आफ्ना सल्लाहकार तथा शुभेच्छुक बाट प्राप्त सहयोग र समाजको कोषमा रहेको रकमबाट खरिद गरेर रामारोशन गाउँपालीकाका सात ओटै वडाको लागि ७ थान थर्मल गन, ९०० जोर सर्जिकल ग्लोब्स, ५-५ लिटर का ९ जार र १०० मी ली का १५० थान सेनिटाईजर र २०५० थान सर्जिकल मास्क पठाएको कुरा समाजका अध्यक्ष मान बहादुर साउदले हामिलाई बताउनुभएको छ ।
समाजका सल्लाहकार नेपाल विधुत प्राधिकरणमा कार्यरत समाजसेवी लोकेन्द्र बहादुर साउद ले समाजको लागि ९०० जोर सर्जिकल ग्लोब्स, ५-५ लिटरका २ जार सेनिटाईजर, १५०० थान सर्जिकल मास्क र १ सेट थर्मल गन उपलब्ध गराउनुभएको थियो । त्यस्तै समाजका सल्लाहकार संयोजक केशर बहादुर साउद, समाजका अध्यक्ष मान बहादुर साउद अनमोल, सिनियर डिभिजन ईन्जिनियर पदम राज देवकोटा र समाजका सदस्य अर्जुन रावल ले १-१ सेट थर्मल गन सहयोग स्वरुप उपलब्ध गराउनुभएको र समाजसेवी लक्ष्मण बहादुर साउदले ३५० थान सर्जिकल मास्क उपलब्ध गराउनुभएको थियो ।
अछाम रामारोशन स्थायी घर भई हाल काठमाडौ मा रहेका विभिन्न पेशा व्यवसायमा आबद्ध रहेकाहरुको स्वतन्त्र संस्थाको रुपमा विगत २ वर्षदेखी सकृय एकीकृत रामारोशन विकास समाज – नेपाल ले यसअघि कोरोनाले संकटमा परेका काठमाडौ मा रहेका विधार्थी तथा मजदूरहरुलाई घर घरमै पूगेर खाधान्न सेट पनि उपलब्ध गराएको थियो ! “यस्ता सामजिक कार्यमा सहयोग गर्ने सल्लाहकार तथा शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि उहाँहरुको सहयोग निरन्तर रहिरहने कुरामा हामी विश्वस्त छौँ” संस्थाका सह-सचिव ईन्जिनियर दान बहादुर साउदले थप अगाडि भन्नुभयो:”सामाजिक कार्यमा सहयोग गर्ने ठूलो मन भएका दाताहरुलाई हामी निरन्तर सम्झिरहनेछौँ, उहाँहरुको योगदान ले नै समाज आज अप्ठ्यारो स्थीतीमा परेका संस्था तथा व्यक्तिहरुलाई सहयोग गर्न सक्ने स्थीतीमा आएको छ ।”
समाजका पूर्व अध्यक्ष तथा युवा नेता खगेन्द्र साउद, समाजका सह-सचिव ईन्जिनियर दान बहादुर साउद तथा युवा नेता राजेन्द्र कुमार बटालाको सकृयतामा काठमाडौ मा अप्ठ्यारोमा परेका विधार्थी तथा मजदुर हरुलाई जेठ १८ गतेको रात्रीबसबाट अछाम रामारोशन गाउँपालीकामा पठाईएको छ । यात्रुहरुलाई मास्क, सेनिटाईजर बितरण गरेर आवश्यक सुरक्षा तथा गाउँमा गएर क्वारेन्टाईन मा बस्नुपर्ने सबै कुरा सम्झाएर पठाईएको छ ।







