बिस्तारै बरण्डाको रेलिंगमा मेरा सलहरुलाई डोरी बनाएर बाँधौ अनि हामी त्यसैमा समाएर तल गेट बाहिर बाटोमा झरौला । हाम्रो घरको ढोकामा अनि गेटमा बाहिर पट्टिबाट ठुल्ठुला तालाहरू लगाइएका छन् । हामि घर भरिका मानिसहरुलाई घर भित्रै थुनेर राखेको आज महिनौ भइ सक्यो । सुरुका दिनहरुमा हामिहरुले आफ्नै घर भित्र भएका खानेकुराहरु आफैले पकाएर खान्थ्यौ तर पछिल्ला दिनहरुमा हामीहरु संग भएका खाद्यान्न सकिएपछि हामीलाई यहा थुनेर राख्ने स्थानीय सरकारका अधिकारि तथा स्थानीय प्रशासन ले नै हामीलाई खानेकुरा ल्याई दिन्थे त्यही खाएर बस्थ्यौ । हामि होम क्वारेन्टाइनमा एउटा बन्दिको जस्तो जीबन व्यतित गरि रहेका छौ । हामीलाई केहि भएको छैन । हाम्रो घरमा बस्ने एकजना मानिसविदेशबाट आएका थिए उनको स्वाप परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो तसर्थ हामीहरुलाई पनि कोरोना सरेको हुन सक्ने अनुमान गरि होम क्वारेन्टाईनमा राखिएको हो । कोरोनाको लक्ष्यण १४ दिन वा त्यो भन्दा पछाडी पनी देखिने हुनाले अरुलाई नसरोस भनेर साबधानिका लागी हामीलाई यसरी घरमै थुनेर राखिएको हो । हामीहरु कोहि पनी बिरामी छैनौ र केहि लक्ष्यण पनी देखिएको छैन तर परिक्षण गर्दा हाम्रो पनि नतिजा पोजेटिभ नै आएको थियो । कोरोनाको लक्ष्यण भन्दा पनि हामीलाई घरमा थुनेर राखिएको बन्दिको जस्तो जीवनले बढी गाह्रो भएको थियो । यो एउटा कैदीको जिबन भन्दा कम छैन यसरी थुनीनु भनेको नै म र मेरो परिवारलाई ठुलो सजाए र संकट भएको छ । फोनमा बाहेक अरु ब्यक्ति सङ्ग हाम्रो कुराकानी हुँदैन । छर छिमेकीहरु पनी उति सारो बोल्न चाहदैनन् । एसो उनीहरु छतमा निस्केको देखेर बोल्न निस्क्यो भने भित्र पसी हाल्छन । हावाबाट सर्दैन भनेर संचार माध्यमहरुले त फुकी रहेको छ तर उनीहरु समचार सुन्दैनन् कि कसो ? प्राय आफ्ना नजिकको आफन्तहरुको फोन आउछ कुरा अरु नै गरौ भन्यो तर के कसो भन्दै कोरना मै कुरा पुर्याई हाल्छन । यो कोरोना रोग बिर्सौ भनेर हामि सबै चाहन्छौ तर यही सम्झाउछन । कहिले एती मरे भन्छन कहिले यति इन्फेक्टेड भए भन्छन त्यसो त हामीले पनी समाचार सुनेकै छौ नी । हामीलाई त बरु फोन गरेर राम्रा राम्रा कुराहरु सुनाइ दिए हुन्थियो हसाउने कुरा गरि दिए हुन्थियो उर्जा आउने कुरा गरि दिए हुन्थियो जस्तो लाग्छ । यस रोगले भन्दा यसको बिषयमा गरिएको कुरा, बिषय, र छलफलले हामीलाई बिरामी र कम्जोर बानाउदै छ । लहै के गरेको छ कसो गरेको छ अलि होस् गर्नु जस्ता शब्दहरु ले बाण बनि हान्दैछ । तसर्थ यि सबै समस्याहरु होम क्वारेन्टाइनमा बसेर सहन नसक्ने ठहर गरि हामि घरबाट निस्केर भाग्ने निष्कर्षमा पुगेका हौ ।
मेरो छोरा खुशी हुँदै भन्छ छिट्टो गर्नुस मम्मी ढिलो गरे छिमेकी उठ्ने छन् उनीहरुले थाहा पाए भने फेरी समस्या हुन सक्छ जान नपाउने अबस्था आउन सक्छ श्रीमान भन्नु हुन्छ लुगा कपडा होइन बहुमुल्य बस्तु र केहि हल्का खाने कुरा बोक जसले हामीलाई बाटो हिंड्दा सजिलो हुन्छ र आपत परेको बेला बेचेर प्रयोग गर्न सकिन्छ, धेरै दिन हिड्नु पर्छ गह्रौ सामान बोक्न हुन्न । रातको २ जति बजेको हुँदो हो हामि एक एक गरेर सलको डोरी बनाएर झुण्डी बाटामा झर्येउ र घरबाट निस्केर भाग्यौ उज्यालो हुन नपाउदै साँगा भञ्ज्याङ कटि सकेका थियौ । होम क्वारेन्टाइनबाट निस्केर भागेको हुँदा हामीलाई कसैले कतै बाट देखे र चाल पाए फेरी फर्काउन सक्ने सम्भाबना थियो तसर्थ हामी छलिएर हिड्नु पर्ने अबस्था भएकोले हामि साना र साखा बाटोहरु प्रयोग गर्दै अगाडी बढी रहेका थियौ काभ्रे भञ्ज्याङ पुगेर भञ्ज्याङ पछाडिको खालि ठाउमा बिसायौ र छोरो भने भञ्ज्याङको सानो पसल खुल्लै रहेछ केहि खाने कुरा किन्न भनेर गयो । पसलको साहुले कता बाट आउनु भो नया जस्तो देखिनु हुन्छ भनेर सोधी खोजि गरेछ उसले कपाल छोटो पारेर काटेको थियो तसर्थ यही चौकीको नया स्टाफ भनि ढाटेछ । यसरी नै हामि विभिन्न ठाउमा छलिदै रात दिन हिडेको हिडे कै गरेउ चार पाच दिन र रात गरि हिंडेर हामि हलेसी हुँदै हाम्रो गाउ पुग्यौ । तल रावा बेशिको बिचैबाट नया मोटर बाटो खुलेको छ । बेशिका खेतै खेतको मोटर बाटो हुँदै हामि अगाडी बढ्यौ । रावा बेशिका खेतका फाटहरु सबै बाँझै थिए । बाझो खेत हिड्दै हामि हाम्रो खेत कै बाटो हुँदै माथि गाउ तिर उकालो लाग्यौ । हामि सानो छदा त्यो गाउ एकदमै बाक्लो ठुलो र रमाइलो थियो तर आज सुनसान रहेछ्र्र रावा बेशी देखि माथि गाउ पुग्दा झन्डै एकघन्टा लाग्दछ । बाटाभरी पुराना भत्किएको घरहरु छन् तेत्रो लामो बाटो भरि हामीले कसैलाई भेटेनौ, सिबाए बाटा घरे दाइ साझ परिसकेको हुनाले पनी होला कोहि भेटेनौ । घरको नजिकै हाम्रो ठुल्दाईको घर छ, बुबा आमाको पाँच भाई छोरा मध्ये उहा मात्र गाउमा बस्नु हुन्छ । उहाको माइलो छोरो पनी उहा संगै बस्छ । उ पनि किन बस्थ्यो होला तर उसको खुट्टामा समस्या भएको कारणले गर्दा गाउमा बस्न बाध्य भएको हो माइलो । माइलो कान पनी अलिक कम सुन्ने हुनाले पनी उ गाउ छोडेर बाहिर जान नसकेको हो । हामि सरासर हाम्रै घर गयौ माइलो को दुइ छोरा र एक छोरी छन् ठुलो चै नाति हामीलाई देखेर दगुर्दै आयो र एसो हेरेर दगुर्दै उसको घरमा सुनाउन गयो । ठुल्दाई र दिदी बुढा भइ सक्नु भएको छ, भतिज भतिजीबुहारी र नाति नातिना गरि जम्मा सात जनाको परिवार छ त्यस घरमा बुढा,बुढी,अधबैशे र केटा केटि सबै भएकोले त्यो घर अति खुशी र राम्रो देखिन्छ ।
हाम्रोे घरको अवस्था एकदम नाजुक भइ सकेको रहेछ । घरको छानो चुहिएर पानि घर भित्रै पस्ने अवस्थामा पुगी सकेको रहेछ । झ्याल, ढोकाहरु, छानोका मुशी, बरण्डा का रेलिङहरु सबै धमिराले खाइ सकेका रहेछन । सन्दुकमा थन्क्याएका लुगा मुसाले काटेर झुत्रो बनाएको रहेछ ,बाकसमा थुनेर राखेको भाडाकुडा पनी कति हराई सकेका रहेछन । घरको ढोका नै ढल्न आटेको रहेछ्र जस्क्याल ता झरी सकेको रहेछ त्यता बाट कुकुर बिरालो जंगली जनावर र मानिस पस्न निस्कन सक्ने भको हुनाले भुस्याहा कुकुर, बिरालो र जंगली जनावर बस्ने ठाउ पो भइ सकेको रहेछ । मेरो हाम्रोे घर त, घरको मझेरी र मूल ओछ्यान मा मुसोले खनेर माटोको ढिकुरोलगाईसकेको रहेछ । घरका दनिल सरार निदालहरु पनी जिर्ण भइ भाचिन लागेको रहेछन ।
घरको अबस्था देखेर म र छोरा बुहारी भएर हतार हतार गरि बढारन लाइ कुचो खोज्छौ कुचो नै छैन । आगनको डिलमा उम्रिएको खरेटोको बुटा भाचभुच गरि खरेटो बनाईवरी थुप्रिएका माटाका ढिस्कोहरु पन्छ्याउन थालेउ । बुढो भने दाजु र भाउजु संग आफुले महिनौ सम्म भोगेको होम क्वारेन्टाइनको सास्ती बेली बिस्तार लगाउन थाल्नु भयो भतिजी बुहारी र छोरो काका काकीेहामि सधै गाउमै बस्ने गरि फर्केको सुनेर खुशी हुँदै खानेकुरा को व्यवस्था गर्न जुटे केटाकेटी चकलेट खाने बानि परेका थिए सदाझै उनीहरु हातमुख हेर्न थाले तर यो पटक हामि चकलेट लिएर जान सक्ने अबस्था मा थिएनौ हामि आफनै जिउ ज्यान मरेर बचाइ गाउ पुगेका थियौ । केहीबेरमा केटाकेटी ले खाना पाक्यो खान आउनुहोस भनि खबर गरे हामि गयौ र ढिडो दुघ र भात तरकारी पेट भरि खायौ । जन्मेको घर छोडेर सुख खोज्दै हिड्दा पाएको सास्ती सम्झेर पनी आज हामि जे जस्तो अवस्था भए पनि आफ्नै घरमा सुतु भनि दाइ भाउजुले तिमीहरुकोमा ओढने ओछ्याउने गतिलो छैन भनेको पनी सुने नसुने झैँ गरि हाम्रै घर तिर रात कटाउने निधो गरि उकालो लागेउ त्यहि मुसाले काटेको दुन्दुंगी ढुडी गनाउने सिरक र डसना ओडेर हामि सुतेउ धेरै दिनको हिडाईको थकानले होला हामि आनन्दले भुसुकै निदाएछौ । गाउ छोडेको बर्षौ भइ सकेको थियो । बेला बेलामा कुल पुजा गर्न घरका बुढा आउनु हुन्थ्यो त्यति बेला नै एसो एक दुइ दिनको समय मिल्यो भने खेताला लगाएर घर पनी मर्मत र लिप पोत गर्नु लगाउनु हुन्थ्यो । यस पटक ता लिप पोत नगरेको पनी पाँच सात वर्ष नै भइ सकेको थियो । अब गाउ फर्कन पर्दैन गाउको त्यो पुरानो पुरातन खालको झुपडी मा किन र कैले पो आएर बसिएला र भनेर लिप पोत र मर्मत छोडी सकेका थियौ आज यो दिन आउलाभन्ने के थाहा ? ज्यान बचाउन त्यहि पुरानो र भत्की सकेको घरको सहरा लिन पर्ला भन्ने के थाहा ? गारो,सारो र अन्तिम अवस्थामा मानिसले आफ्नै माटो र आमा खोज्दो रहेछ ।
गाउमा पुगेर पनि गाउपालिकाको अध्यक्षले भने अनुसार स्थानीय सरकारको निर्देशन अनुुुसार हामि १४ दिन सम्म कसैको घरमा गएनौ र हाम्रो घरमा पनी कोहि आएनन एस बिचमा उता काठमाडौंमा हामिहरुले फोन नउठाएको, बाहिर छतमा पनी ननिस्केकोले गर्दा जन प्रतिनिधिहरु आई ढोका धकधक गर्दा नी नखोले पछी हामि मरी सकेको अनुमान लगाई ढोका फोर्न खोजेका रहेछन । हामीले यहा आइपुगेको भोलि पल्टनै छिमेकी शेर्पा दाइलाइ भतिज को बाट फोन गरेर गाउ पुगेको जानकारी गराएका थियौ । हाम्रो फोनमा जी पी एस लगाई बाटो बाट नै हामीलाई फर्काउन सक्ने अनुमान गरी हामीले फोन काठमााडैं कै घरमा छोडेका थियौ पहिला ता शेर्पा दाइले भनेको पत्याएका रहेनछन तर पछि हामीले गरेको नम्बरमा कल ब्याक गरि उनीहरुले हामिसंग कुरा गरेका थिए ।
गाउमा पुगेर हामीले गाउले हरुको सहाएता लिएर घर मर्मत गरेउ । घर लिप पोत गरेउ घरका दलिन मुशी,ढोका झ्याल,बार्दली सारा सबै फेरेउ घरलाई एकचोटी फेरी सिगारेउ घरको वरी परि खाना पकाउने भान्सा घर बाख्रा कुखुरा खोर र अन्न थन्काउने ढिकुटी छुट्टा छुटै बनायेउ । खेत बारीमा धान. कोदो,मकै लगाएउ । हामि जस्तै काठमाडौं बाट होम क्वारेन्टाइनको पिजडामा बस्न नसकी थुप्रै मानिस गाउ फर्के भने कति स्थानीय सरकार कै पहलमा गाउ फर्के्र त्यसैले गर्दा आज गाउका आधा भन्दा बढी घरहरु रंगिएकाछन, मर्मत भएका छन् र गाउ पनी सुन्दर हराभरा भएको छ । बाझो बारी र खेतहरु धान कोदो मकै जस्ता अन्न बालिहरुले हराभरा भएका छन् खेत र बारीका डीलहरुमा अम्बा, आप, लिच्ची, केरा, जस्ता फलफूलहरु फल्न थालेका छन् घर वरीपरी बाबरी, मखमली,सयपत्रि र ग्यान्ता फूलहरुले ढकमक्क भएका छन् ्रअब फेरी यो गाउको मुहार फेरिएको छ । संसार भरका मानिसहरु होम क्वारेन्टाइनमा थुनिएर बसेको अबस्थामा यो गाउका मानिसहरु आनन्दले आफ्नो आफ्नो दैनिक काम काजमा खेत बारीमा काम गरि दिनहरु बिताई रहेका छन् । रेडियो र टेलिभिजनबाट ५० सौ लाख मानिसहहरु मरेका र रोगले ग्रस्त भएका खबर सुनेर र हेरेर बसेका यस गाउको मानिसहरु तीन मिटरको दुरी कायम गर्ने, हातेमालो गर्ने र हात मिलाउने चाहि गर्दैनन् अरु आफ्नो सम्पूर्ण दैनिक गतिबिधि यथावत रुपमा गरेर सामान्य जीबन यापन गरि रहेका छन् न यहा कुनै डर छ न त कुनै त्रास न कुनै अभाब जे आबस्यक परे पानी आफैमा भर परेका छन् । उता सहर,ठुल्ठुला मानब सब्यताका सहर र बस्तिहरु जेल बनेको छ ,चिडिया घर बनेको छ, पिजडा बनेको छ, घर पालुवा जनवार थुन्ने खोर बनेको छ र मसानघाट बनेको छ । एस्तो पिडा सहन नसकी आत्मबल गुमाई, मनोरोगको कारण धेरै सहरबाशीहरु सजिलै कोरोनाको सिकार आहारे बनि रहेका छन तर मेरो सानो गाउ यहा बस्ने हरेक मानिसहरु सुरक्षित र खुशी अनुभूति गरिरहेका छन यो गाउ लाग्छ ब्एक्ष्भ्ऋभ्इँज्भ्ब्ख्भ्ल् हो । यो गाईको गोबरले पोतिएको अनि ढुंगा र माटोले बनेको सानो झुपडी कुनै महल भन्दा कम सुन्दर र आरामदायी छैन ।
आज सात आठ महिना पछी घरको तल्लो पटीको बरण्डामा बसेर हामि परिवारका सबै जना चिया पिउदै तल सुसाउदै गरेको रावा खोला नियाल्दै मिठा मिठा कुराकानी गरि बसीरहेका थियौ । पुर्बबाट घाम उडाउदै थियो पारिडांडा तिर घामका पाईलाहरु आइसकेका थिए त्यति नै बेला मेरो काठमाडौंकोे घरमा पालेको सेते कुकुरे जोडजोडले भुकेको सुनेर म झल्यास्स भए । म ता यही काठमाडौं कै घरमा पो सुतिरहेको रहेछु ।भर्खरै देखेका ति सबै सपना पो रहेछन ।–नव क्षितिज साप्ताहिकबाट







