आगामी वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म पनौती–७, बसपार्क, दोस्रो पनौती साँस्कृतिक तथा व्यापार महोत्सव–२०८३ हुने भएको हो ।
महोत्सवको मुख्य आकर्षणमा ( राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती ( फेसन तथा तृत्यहरु ( औधोगिक उत्पादनको प्रदर्शनी ( सुचना तथा विज्ञान प्रविधिको प्रदर्शनी ( ग्रामिण प्रविधि सम्बन्धि गतिविधी ( अटोमोबाईल प्रदर्शनी ( विद्युतिय मेसिन, कृषि औजार प्रदर्शनी
मुख्य आकर्षक, नृत्य प्रतियोगिता, (मोबाईल तथा ईलेक्ट्रोनिक सामान प्रदर्शनी, ( सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी, ( लता कपडा तथा भाडाकुडाको प्रदर्शनी, ( एसियाकै उत्कृष्ठ बाल उद्यान, ( राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना महोत्सव, रोटेपिङ, ब्रेक डान्स, रेल, मस्ति मारुती सर्कस तथा अन्य विविध कार्यक्रम हुने आयोजक संस्था राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।








