काभ्रेपलान्चोक – बनेपा अनिला राई मोडेलिङ क्षेत्रमा भबिस्य खोजिरहेकी मोडेल हुन। पुर्बी नेपालमा जन्मिएकी उनी काठमाडौं बसोबास गरेर अभिनय र कला जगतमा छाउने प्रयासमा छिन्। केही म्युजिक भिडियोहरुमा अभिनय गरेकी राईको म्युजिक भिडियो र फिल्ममा रुचि रहेको बताउछिन् । प्रस्तुत छ काभ्रे बाट प्रकाशि नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले मोडल अनिला राईसँग गरेको छोटो कुराकानी
० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म आज भोलि म्युजिक भिडियो र फिल्म तिर ब्यस्त छु ।
० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
अहिलेसम्म मैले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको छु कति बजारमा आए कति आउन बाकी छ्न ।
० तपाईंले चलचित्रमा खेल्नु भएको छ रु कति वटा चलचित्रमा खेल्नु भएको छ ?
मैले चलचित्रमा खेलेको चाहिँ छैन धेरै वटा चलचित्र बाट त अफर आइरहेका छन्न ।अब चाहिँ अलि समय मिलाएर खेल्नु पर्ला भन्ने सोचिरहेको छु। अहिले चाहिँ म्युजिक भिडियो मात्र आइरहेका छ्न ।
० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
कलाकारिता क्षेत्र बाट म सन्तुष्ट छु । मलाई सानै देखि मन पर्ने क्षेत्र भएकाले पनि खुसी छु ।
० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
मैले अहिले सम्म ठुलो पर्दामा काम गरेको छैन । काम जुन सुकै भए पनि गार्हो हुन्छ । काम गर्दै जादा बानी पर्छ अनि सजिलो हुन्छ ।
० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मलाई चाहिँ यो क्षेत्र बाट बाच्न धेरै गार्हो हुन्छ जस्तो लाग्छ ।
० कसको प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभयो ?
मलाई यो क्षेत्रमा लाग्न पहिला घर परिवारको साथ सहयोग छ । सायद परिवारको साथ सहयोग नभएको भए म यो क्षेत्रमा हुने थिइन । मेरो प्रेरणाको श्रोत नै मेरो परिवार हो ।
० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
मलाई पछि गएर एउटा सफल मोडल तथा नायिका बन्न मन छ ।
० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
मैले अभिनय गरेको आधुनिक गित सयौं जुनि गित धेरै राम्रो चलेको थियो धेरै दर्शक श्रोताले मन पराउनु भएको थियो ।
० तपाईंले बिबाह गर्नु भएको छ ?
मैले बिबाह गरेको छैन । अहिलेसम्म सिङ्ल नै छु ।
० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मलाई इमानदार असल केटा मन पर्छ । सबै लाई राम्रो व्यवहार गर्न दुखमा परेका मानिस लाई सहयोग गर्न । नारी प्रती सम्मान गर्न केटा मन पर्छ ।
० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
अङ्ग प्रदर्सन गरेर चल्ने नचल्ने होइन त्यो आ( आफ्नो सोचाइ हो । मेरो बिचारमा चलचित्रको कथा बस्तु के छ र कथा बस्तुले कति मागेको छ त्यो हेर्नू पर्छ । आफुले अङ्ग प्रदर्सन गरेर चर्चामा आउनु यो गतल हो र कोहि कसैलाई यस्तो नगर्नु होला भन्न चाहान्छु । छोटो समयमा चर्चामा आउनको लागि यस्तो गर्नु हुदैन ।
० अन्तमा ?
तपाईं लगायत तपाईं मिडिया लाई धेरै धेरै धन्यवाद मेरा मनका कुराहरु राख्ने मैका दिनु भएकोमा अनि मेरा दर्शक श्रोताहरु लाई पनि सदैब यसैगरी माया अनि साथ दिनु होला भन्न चाहान्छु ।







