काभ्रेपलान्चोक – बनेपा जनक सिंहको निर्देशनमा नयाँ नेपाली गीत ‘मेरो यो दिलको धड्कन’ गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

मेरो यो दिलको धड्कन गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने आमोश तामाङको शब्द र संगित रहेको छ । उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको छ ।

भिडियोमा सनम कठायत र नताशा ब्लोनको फिचरिङ रहेको छ । गीतमा स्वर संगीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक जनक सिंहले बताए ।