अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – बनेपा बागमती प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६ हुने भएको छ ।
महोत्सवको आयोजना भने नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले गर्ने लागेको हो महोत्सव लाई संरक्षण भने बनेपा ब्वाइज क्लबले गर्न लागेको छ ।
महोत्सव यहीँ फागुन २१ गतेदेखि चैत २ गते सम्म संचालन हुने छ । यो महोत्सव पनि पहिले देखि नै महोत्सव हुने स्थान उग्रेश्वर महादेव मन्दिर परिषर बनेपा ७ मा हुने भएको छ ।







