काभ्रेपलान्चोक – बनेपा गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हिजो सम्पन्न भएको छ ।

कुल पुजा कार्यक्रममा गौतम समाजका केन्द्रीय प्रथम उपाध्यक्ष चूडामणि गौतम , केन्द्रीय सचिव गोमा गौतम र बाग्मती प्रदेश अध्यक्ष होमनाथ गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

झण्डै कुल पुजामा १५०० जनाको उपस्थिति भएको थियो भने कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको बताइएको छ । गौतम समाजको कुलपुजा भने सिम्पानी चौर ज्यामिरेमा ६ मा भएको थियो ।

सन्तु उपाध्यायका सन्ततिहरु सम्पुर्ण छुट्टीएर बसेका पुख्र्यौली गौतम बन्धुहरुलाई एकमुस्ट कुलपुजा गराउने उद्देश्यका साथमा गौतम समाज काभ्रेले कुलपुजाको आयोजना गरेको र भब्य रुपमा सम्पन्नको साथै सफल भएको गौतम समाज काभ्रेका अध्यक्ष माधव गौतमले बताउनु भयो ।