बनेपा, पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व र संस्थाका जेष्ठ सदस्य एवं लोक गायक, मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा संस्थाको मुख्य कार्यालय बनेपा–८, तीनदोबाटोमा सम्पन्न भएको छ ।
प्रमुख अतिथी सापकोटाले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएका कारणले आज सहकारीहरुको बीच परिचित नाम बन्न सफल भएको बताउनु भयो । संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई अंगिकार गरी यस्ता कार्यक्रमहरु मितव्ययी तवरमा सम्पन्न गराउदै राहत तथा अन्य सेवाहरु सहज, सरल र प्रभावकारी रुपमा सदस्यहरुमा पु¥याई संस्थालाई थप उचाईमा पुग्नलाई यस साधारण सभाले निर्देश गर्ने विश्वास लिएको बताउनु भयो ।
संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एस ई ई विद्यार्र्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, बुबा आमा सम्मान, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा÷टेलिफोन तथा विजुली भुक्तानि सेवा, न्यूनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य उपचार सेवा, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा, सदस्यलाई संरक्षित पूँजी फिर्ता कोष रकम वितरण, जस्ता सदस्य हितका कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले बताउनु भयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सचिव सन्तोष कुमार घिमिरेले आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवन राज कर्णजीतले र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन समिति सदस्य विष्णुभक्त श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । सल्लाहकार राजन सापकोटाले संस्थागत लक्ष्य हाँसिल गर्न पहल कदमि गर्नु पर्ने सुझाव सहितको मन्तव्य राख्नु भएको थियो ।
संस्थाको कुल शेयर पूँजी २ करोड ३९ लाख ८६ हजार, निक्षेप संकलन २८ करोड ६१ लाख २२ हजार, ऋण लगानी २२ करोड ५६ लाख ७१ हजार, जगेडा कोष १ करोड ७१ लाख ९३ हजार लाख र शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार ३ सय ६१ जना पु¥याउन सफल भएका छ । एकै सत्रमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवेन्द्र श्रेष्ठले राख्नु भएको थियो भने सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गर्नु भएको थियो ।








