काभ्रेपलान्चोक – बनेपा ज्योति फिल्मस प्रा.लिको प्रस्तुतिमा मिना लामाको नेपाली कथानाक चलचित्र चौबन्दि बन्ने भएको छ ।

नेपाली कथानाक चलचित्र लाई भर्खरै मात्र ज्योति फिल्म म्युजिक अवार्ड बाट अवाडेट चर्चित गायक दिपक ढकालले चौबन्दी चलचित्र ल्याउन लागेको बताउनु भयो जुन चौबन्दी चलचित्रमा ढकाल निर्माता रहेका छ्न ।

निरेन श्रेष्ठको निर्देश यम थापाको कथा वस्तु र सम्बादमा चलचित्र बन्न लागेको हो जसमा सुवास गौतमले सह – निर्देश गर्न छ्न भने मरुभूमि नारायणले चलचित्रको छायांकन गर्न बताइएको छ ।

चलचित्र लाई तारा थापा किम्भेले सम्पादन गर्न लागेका छन भने रुपेश पुडासैनी र मरुभूमि नारायण सह निर्माता रहेका छ्न । जुन नेपाली कथानाक चलचित्रमा काभ्रे जिल्ला बाट प्रकाशित नव क्षितिज साप्ताहिक पत्रीका मिडिया पार्टनर रहेको छ ।

चलचित्रमा अहिले सम्म कलाकारको टुंगो नलागेको र छिटै कलाकारहरु छ्नोट गरेर निर्माण गर्न लागिएको निर्माण कमिटीले जानकारी दिइएको छ ।