बनेपा, काभ्रे जिल्लाको औद्योगिक व्यापार, परम्परागत कला संस्कृति, कृषि, घरेलु, पर्यटन प्रवद्र्धनको निमित्त महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आजदेखि बनेपामा तीज बनेपा महोत्सव २०८२ हुने भएको छ ।
सुमांगल शान्तिनगर टोल विकास संस्था, बनेपा नगरपालिका–८, काभ्रेको आयाजनामा आजदेखि भदौ २२ गतेसम्म इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मा महोत्सव हुन लागेको हो । जसको आज बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आयोजक संस्थाका अध्यक्ष दीलिप प्रधानले बनेपा नगरपालिका काभ्रे जिल्लाकै ऐतिहासिक, सांस्कृक्तिक एवं पर्यटकीय स्थानले भरिभराउ क्षेत्र भएकोले इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मां, महोत्सव गर्न लागेको जनाए । महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने छन् । स्टलको साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराइने जनाइएको छ ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदशनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुने आयोजक समितिका सचिव भरत तिमल्सिनाले बताए । महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्व, मिकी माउस, टेम्पालिङ, स्करपियो आदि रहने उनले जनाए । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने उनले जनाए । महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु.५० र सर्वसाधरणका लागि रु.७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरुको लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।