काठमाडौं, राजन थापा – साउन १५

सामाजिक उत्तरदायित्व र नागरिक स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै एनएमबि बैंक, ॐ समाज डेन्टल अस्पताल, र ईसान महिला तथा बाल अस्पतालबीच त्रिपक्षीय समझदारी ९ःइग्० सम्पन्न भएको छ। साथै, सफल ब्युटी होमसँग पनि सहकार्य विस्तार गरिएको छ।

सम्झौता कार्यक्रम काठमाडौंको बसुन्धारास्थित इसान बाल तथा महिला  अस्पतालको आफ्नै भवन परिसरमा सम्पन्न गरिएको थियो। कार्यक्रममा बैंक, अस्पताल, पत्रकार, समाजसेवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो सम्झौतापछि एनएमबि खातावालाहरूलाई प्राप्त हुने सुविधाहरूस् १५५ देखि २०५ सम्मको विशेष छुट

प्राथमिकता पाउने सेवा र हेल्प डेस्क सुविधा दन्त, महिला तथा बाल स्वास्थ्य शिविरहरूमा निःशुल्क सहभागिता

सामूहिक सचेतनामूलक कार्यक्रमहरूमा पहुँच  सबिना पपन गुरुङ, शाखा प्रमुख, ॐ समाज डेन्टल अस्पतालस् “हामी ुसडकदेखि सदनसम्मु सबै नागरिकलाई सहज र गुणस्तरीय सेवा दिने संकल्पमा छौं। यो सहकार्य त्यसतर्फको दृढ कदम हो।” डा। आर। पी। चौधरी, वरिष्ठ चिकित्सक, ईसान अस्पतालस्

“हाम्रो अस्पतालले विदेशमा सम्भव नभएका जटिल केसहरूको पनि सफलता साथ उपचार गर्दै आएको छ। अब यी सेवा एनएमबि बैंकका खातावालासम्म सहज रूपमा पुर्‍याइनेछन्।” राजन थापा, पत्रकार तथा सामाजिक अभियन्तास्

“श्रीपशुपतिनाथ महायज्ञ २०८२ अन्तर्गत ॐ समाज डेन्टल र ईसान अस्पतालद्वारा महिनाभर निःशुल्क सेवा प्रदान गरिँदैछ। यो सेवा र धर्मको दुर्लभ संयोजन हो।” सम्झौतामा हस्ताक्षर गर्ने प्रतिनिधिहरूस् सबिना पपन गुरुङ, शाखा प्रमुख, ॐ समाज डेन्टल अस्पताल अस्मिता बुढाथोकी, शाखा प्रमुख, एनएमबि बैंक गोंगबु उपेन्द्र कंडेल, रिलेसनसिप म्यानेजर, एनएमबि बैंक ईसान महिला तथा बाल अस्पतालका प्रतिनिधि सफल ब्युटी होमका प्रतिनिधि राजन थापा, पत्रकार तथा सामाजिक अभियन्ता – साक्षीका रूपमा एनएमबि खातावालाहरूको लागि स्वास्थ्य पनि, सहुलियत पनि।

बैंक र अस्पतालको यो सहकार्यले समाजका सबै वर्गलाई लक्षित गर्दै गुणस्तरीय, पहुँचयोग्य र सुलभ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।