काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा २०८२ साउन ११ गते “मित्रता” विषयमा केन्द्रित भई टुक्का कविता लेख्दै श्रृङ्खला १७८ सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानबाट ६५ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले गर्नु भएकाे थियाे ।
टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रम सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ । कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी भएर “मित्रता” विषयमा केन्द्रित भई टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
१)_[ टुक्का कविता ]_
मित्रताकाे बन्धन नै सधैँ असल हुन्छ
सच्चा साथ हुँदा उन्नतिकाे शिखर छुन्छ।
✍️ ताराप्रसाद चापागाईं
२)_[ टुक्का कविताहरू ]_
१.
दु:खमा जसले साथ दिन्छ, तिनै हुन् सच्चा मित्र
मित्रताको अर्थ बुझेरै राखिन्छ, यो दिल भित्र ।
२.
सच्चा मित्रता देखिन यहाँ, गाह्रो भयो
दुई दिन साथ रही, छुट्टिएर गयो ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाडौँ
३)_[ टुक्का कविताहरू ]_
१.
अडिँदैन पानी नबाँधि प्रेमको आली आँठो
मित्रता विश्वासको लगन, नखुस्किने गाँठो ।
२.
मित्रता नदीको पुल खोलाको साँघु होस्
विपद्मा साथ र खुसीमा सुवास बनोस् ।
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी ।
४)_[ टुक्का कविता ]_
जाेड्नु पर्छ मित्रता मिठाे बाेलेर
कुरा साट्ने आपसी मन खाेलेर ।
✍️ हन्नाह छेत्री
५)_[ टुक्का कविताहरू ]_
१.
दु:ख र सुख साटेर बस्न नत्र मित्र किन
मित्रता बनाेस् सम्बन्ध गाढा साथ दिन लिन ।
२.
असल साथी बनेको राम्रो आफ्नो जन भित्र
जमेर हामी मिलेर बसाैँ विश्वासिलो मित्र ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
६)_[ टुक्का कविताहरू ]_
१.
गाँस छोड्नु साथ न छोड्नु मित्रता नाममा
साथी भाइ मित्रता राखौँ यो धरा धाममा!
२.
मित्रता हाम्रो होओस् राम्रो साथमा साथ दिने
मित्रलाई दिएको वचन फिर्ता चैँ नलिने ।
✍️ वेदु न्यौपाने
७)_[ टुक्का कविताहरू ]_
१.
एक्लोपनमा खाली यो जिन्दगी बेकार हुन्छ
मित्रताले संसारमा सिर्जनाको माला बुन्छ ।
२.
दुःखमा साथ दिने सच्चा हो साथी
ऊ आफन्तभन्दा सधैँ हुन्छ माथि ।
✍️ भगवती दवाडी
दमक झापा
८)_[ टुक्का कविताहरू ]_
१.
चुन्नु असल मित्र
नहोस् छल ऊभित्र ।
२.
रहन्छ सादगी मित्रता
बहन्छ दुवैमा नम्रता ।
✍️ इन्दु श्रेष्ठ
चितवन
९)_[ टुक्का कविता ]_
मित्रताको बन्धन जस्तै होस् अत्यन्तै पवित्र
खै कसरी वर्णन गरौँ यसलाई सचित्र ।
✍️ दीपा गुरुङ समभाव
दुबेकोल खोटाङ
१०)_[ टुक्का कविताहरू ]_
१.
मित्र तिनै हुन् हरेक कठिन घडीमा साथ दिने
जीवनमा कहिले पनि स्वार्थकाे बदला नलिने ।
२.
अनन्तसम्म कायम नै रहाेस् मित्रता हाम्राे
सम्बन्ध गहिरो देखेर सबैले भनाेस् राम्रो ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
११)_[ टुक्का कविताहरू ]_
१.
साँचो मित्र त सुन जस्तै चम्किन्छ
सुख दुःखमा साथ दिन लम्किन्छ ।
२.
हर्षको साथमा नाँच्ने धेरै भेटिन्छन्
दुःखमा मित्र बाहेक अरु मेटिन्छन् ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹
१२)_[ टुक्का कविताहरू ]_
१.
मानव हामी संगत गरौँ मित्रता राखेर
बढाऔं सत्य असल बनी हितले जागेर ।
२.
मद्दत गर्दा हर्ष नै भर्दा मनले छुनेछ
मित्र नै ठूलो भएमा अझ प्रगति हुनेछ ।
✍️ प्रेम थापा “मन”
बागलुङ
१३)_[ टुक्का कविताहरू ]_
१.
मेरा सारा पीडा सुनिदिन्छ मित्र
बनेर मनको कुनामा विचित्र ।
२.
मित्रमै सीमित छ मेरो राग
पर्न दिन्न यसमा कालो दाग ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
१४)_[ टुक्का कविताहरू ]_
१.
अँध्यारो रातमा जून बनेर आउँछ
मित्रताले जहिल्यै खुशीयाली ल्याउँछ ।
२.
भोकमा आधा रोटी साट्ने हात भएको
मित्रता किताब हैन, जीवन रहेको ।
✍️ नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया
उदयपुर, कोसी प्रदेश, नेपाल ।
१५)_[ टुक्का कविताहरू ]_
१.
शिक्षा पछिको दोस्रो स्थानमा रहन्छ मित्रता
सारा संसार देखिन्छ केही रहन्न भित्रता।
२.
जसले सक्दछ दुनियाँमा मित्रता बढाउन
आफै सक्दछ संसार टेक्न पर्दैन चढाउन।
✍️ कोपिला समीक्षा
खार्पा खोटाङ
१६)_[ टुक्का कविताहरू ]_
१.
मित्रता हाम्रो अनन्त रहाेस् याे धरा धाममा
मद्दत सदा मिलि नै रहाेस् हरेक काममा ।
२.
असल मित्र दिनेछ साथ परेकाे बखत
गर्दैन कुनै प्रवाह पनि मागे नि रगत ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
१७)_[ टुक्का कविताहरू ]_
१.
स्वार्थ हुन्छ, न लोभको गन्ध त्यहाँ रहन्छ
जहाँ मित्रता साँचो त्यहाँ उज्यालो बहन्छ ।
२.
साथी हुँदा जीवनमा निकै नै आनन्द लाग्छ
दु:खमा हात थापिदिँदा हर्षको बाढी जाग्छ ।
✍️ सतीश पण्डित
भानु ६ चुँदी तनहुँ
हाल चनपा ६ मातातीर्थ
१८)_[ टुक्का कविता ]_
मित्रताको दुःखमा हुने पहिचान
राख्छ सच्चा मित्रले कसैगरि शान ।
✍️ कार्की डिबी माकुम
सुनवल-४
१९)_[ टुक्का कविताहरू ]_
१.
सबैसँग रहन्छ जब सद्भावनमा र एकता
संसारमा त्यही मात्र हुनेगर्छ असल मित्रता ।
२.
असल व्यवहार जसले देखाउँछ मानव यहाँ
सम्मान पाउँछ उसले सदा उपस्थित हुन्छ जहाँ ।
✍️ घनश्याम पन्त
हरिवन सर्लाही
२०)_[ टुक्का कविता ]_
श्रीकृष्णले सुदामाको पाउ छुन्छ
मित्रको पहिचान दु:खमा हुन्छ ।
✍️ बिके मुखिया,वाङ्दे
दार्जिलिङ, भारत ।
२१)_[ टुक्का कविता ]_
साँचो मित्रताको सम्बन्ध अनन्तसम्मलाई हुन्छन्
सुखमा सँगै हाँसे भने दुःखमा पनि सँगै रुन्छन्।
✍️ रमेश दियाली
शेल्पू सिटोंग, दार्जिलिङ।
२२)_[ टुक्का कविताहरू ]_
१.
समाजमा मित्रता गाँसे सहारा पाउँछ
गाउँ घरमा सधैँ नै खुसियाली ल्याउँछ ।
२.
सबै मान्छे हुँदैन मित्र
केही बुझ्नु सक्दैन भित्र ।
✍️ रमा गुरुङ्ग
सालुगडा सिलीगुडी ।
२३)_[ टुक्का कविता ]_
स्वावलम्बी बन बनाउ देशको अस्थित्व जोगाउन
श्रोत साधनको उपयोग गरे पर्दैन रोगाउन ।
✍️ हरिप्रसाद तिमल्सिना
त्रिपुरा सुन्दरी -४, धादिङ
२४)_[ टुक्का कविताहरू ]_
१.
असल विचार असल संस्कार शुद्ध भए मन
मित्रताले जिन्दगीमा ल्याउँछ ठुलै परिवर्तन ।
२.
विश्वासको यो डोरी कसिँदैछ झन
मित्रता हो हाम्रो नफुस्किने बन्धन ।
✍️ सरिता सेढाई
धादिङ
२५)_[ टुक्का कविताहरू ]_
१.
आजभोलि खै किन, बदलियो मित्र
हिजो झैँ देख्दिन, अपनत्व उ भित्र ।
२.
सोचेको थिएँ उसको मन, होला पवित्र
तर ठ्याक्कै उल्टो देखियो, उसको चरित्र ।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
२६)_[ टुक्का कविता ]_
टुक्का कविताहरू लेखेर मित्र बनाऊँ
सबैलाई यसको महत्व यहाँ जनाऊ ।
✍️ निमा छिरिङ भोटिया
जलढका, कालेबुङ
२७)_[ टुक्का कविता ]_
दुःखको समय आउँछ साँचो मित्रता सघाउने
नहुन् कुटिल चाला मित्रमा सम्झँदा नै अघाउने।
✍️ मोती योन्जन सुब्बा
दार्जिलिङ ।
२८)_[ टुक्का कविताहरू ]_
१.
मित्रताको नाता हुन्छ शिरभन्दा माथि
मन मुटु एक बन्छ मिल्ने भए साथी ।
२.
न त पर्छ लुकाउनु केही न त धाक लाउनु
एकैछिनलाई ढाँटेर नि के नै छ र पाउनु ।
✍️ कल्पना मरासिनी
भूमिकास्थान ९ अर्घाखाँची हाल ललितपुर
२९)_[ टुक्का कविता ]_
शत्रुसँग पनि बढाउॅ मित्रताको हात
बिस्तारै छोड्दै जानेछ गर्न उसले घात ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके ।
३०)_[ टुक्का कविताहरू ]_
१.
मित्रता नाम नै काफि हुने
साँचो छ भने त मुटू छुने।
२.
मित्रता यहाँ छन् अनेकौँ थरीका
कसैमा छ स्वार्थ हजारौँ भरीका।
✍️ सुमित्रा पोखरेल
काठमाडौंँ
३१)_[ टुक्का कविताहरू ]_
१.
जिन्दगीमा हुनुपर्छ साथी असल मित्र
तब पाे खुसी पलाउँछ मन मुटु भित्र ।
२.
जीवनमा असल मित्र भए खुसियाली छाउँछ
दुःख कष्टकर हटेर खुसीको आभास आउँछ ।
✍️ नाम केसर बाेहरा ( आदर्श )
सुदूरपश्चिम अछाम
हाल भारतबाट ।
३२)_[ टुक्का कविता ]_
मित्रताको नाममा लम्पसारवादले छोएपछि
भलो हुन्न तिनलाई जनताको मन रोएपछि।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
३३)_[ टुक्का कविताहरू ]_
१.
ताकपरे तिवारी के हुन्छ मित्रता हाे कस्तो
कुहिएको अालु झै थियाे उ गन्हाएकाे जस्तो ।
२.
मित्रतामा हुनुपर्छ बाँधिएको गाँठो
पर्दा सहयोग गर्ने व्यक्ति जस्तो टाँठाे ।
✍️ रवि पाैडेल
दक्षिण भारत पाण्डेचरी
३४)_[ टुक्का कविताहरू ]_
१.
जुन व्यक्तिले सुख दु:खमा साथ दिन्छ
त्यसैले नै असल मित्रको स्थान लिन्छ ।
२.
जोसँग रहन्छ पारस्परिक बन्धुभाव
उसैसँग बढ्छ अन्तर्हृदयको लगाव l
✍️ बाबुराम गौतम
गुल्मी
३५)_[ टुक्का कविताहरू ]_
१.
हामीले जोसॅंग गर्छौ असल मित्रता
सोच्नुपर्छ त्यो पाइँदैन नि जतातता ।
२.
असल मित्रले दुःख परेनि साथ छोड्दैन
दुःख बिर्सन्छ तर कुरा अन्त कतै मोड्दैन ।
✍️ अर्जुन प्रसाद चौलागाई
हालः अमेरिका, बोस्टन।
३६)_[ टुक्का कविताहरू ]_
१.
यही हो नि जीवनको प्रमुख तत्व
धेरै हुन्छ असल मित्रको महत्त्व ।
२.
पक्कै पनि बेमेललेे गराउँछ खती
असल मित्रतामा भने हुन्छ प्रगति ।
✍️ भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
३७)_[ टुक्का कविता ]_
मित्र बनी आयौ , तिमी मेरो हात समाइ
सकेनौ पुछ्न आँसु , गयौ रुमाल थमाइ ।
✍️ रबिता महर्जन
खोकना २१, ललितपुर
३८)_[ टुक्का कविता ]_
आफन्त साथी सबैमा सधैँभरि रहोस् असल मित्रता
पैसाले बनाउँछ उपयोग गर्न नजान्दा दरिद्रता ।
✍️ चुडामणी देबकोटा
सिन्धुली मरिणखोला जखनी
हाल थानेटार पुरानो नैकाप काठमाडौँ
३९)_[ टुक्का कविताहरू ]_
१.
मित्रताले बनाउँछ जीवनलाई सार्थक
शत्रुता साधनामा मानिस हुन्छ निरर्थक ।
२.
जिन्दगी यस्तो होस् न लक्ष्यमा पुग्ने बाटाे खनाेस्
मित्रता त्यस्तो होस् कृष्ण र सुदामा जस्तो बनोस् ।
✍️ अम्बिका गिरी
विराटनगर
४०)_[ टुक्का कविताहरू ]_
१.
इमानदारिता हुनुपर्छ मित्रतामा अनिमात्र टिक्छ
सम्पन्नतामा हात बढाउनेहरू छिनभरमा बिक्छ ।
२.
मित्रताको कसी आचरण हो वचनले हुँदैन थाहा
बहकाउमा लागेर हिमचिम गरे हुनसक्छ स्वाहा ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
४१)_[ टुक्का कविता ]_
मित्रता राम सुग्रिवकाे जस्ताे प्रगाढ हुनुपर्छ
अरूले देख्दा पनि वाह निस्केर मन छुनुपर्छ ।
✍️ प्रमाेद नेपाल
काठमाडौँ -५ ।
४२)_[ टुक्का कविताहरू ]_
१.
मन मिल्ने कुनै साथी भए भेटिन्छ मित्रता
दुख पर्दा दुखी बन्ने त्यै हो आखिर सत्यता ।
२.
तारालाई जून साथी जूनलाई तारा साथी
भरोसा छ आपसमा एउटाको अर्को माथि ।
✍️ घनश्याम पौडेल
पोखरा
४३)_[ टुक्का कविताहरू ]_
१.
सङ्लो पानी जस्तै निर्मल होस् मित्रताको बन्धन पारदर्शिता यसलाई जोगाइ राख्ने इन्धन ।
२.
मुखले भन्दा हातले सहयोग गर्ने साँचो मित्र
निस्वार्थी साथीलाई सधैँ सजाइ राख्नु मनभित्र ।
✍️ देव स्याङ्देन
कालेबुङ, भारत।
४४)_[ टुक्का कविता ]_
मरेर शरीर तब मात्र मित्र छुट्छ
मित्रता रहिरहन्छ छुटे मुटु टुट्छ ।
✍️ बिकी सुब्बा
गैरीबास/कालेबुङ्ग
४५)_[ टुक्का कविता ]_
सुमधुर सम्बन्धले पर्छ चिनाउनु
असल मित्रता मनैदेखि निभाउनु ।
✍️ विष्णु पंगेनी(पाण्डे )
वालिङ्- स्याङ्जा
४६)_[ टुक्का कविताहरू ]_
१.
दू:ख सुख सुनाउन पनि चाहिन्छ मित्र
मनकाे कुरा सुनाउदा सफा हुन्छ भित्र ।
२.
मित्र छुट्टिदा मन समाल्न गार्हो हुन्छ
आफ्नासँग टाढा हुदा मन त्यसै रुन्छ ।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक जिल्ला हाल काठमाडौँ
४७)_[ टुक्का कविता ]_
के भरोसा गर्नु छ र खै मित्रमा ?
जब खुबै आकृति बन्छ चित्रमा ।
✍️ नागेन्द्रप्रसाद यादव
४८)_[ टुक्का कविताहरू ]_
१
सँगै खाने उठ्ने बस्ने साथ दिने पर्दा गाह्रो
त्यही मात्र मित्र हुन्छ यस्तो भेट्न हुन्छ साह्रो ।
२
आओस् जाओस् घरमा पनि आफ्नै परिवार जस्तो होओस्
सुख भए रमाएर दुःखमा पर्दा पनि सँगै रोओस् ।
✍️ गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः अमेरिका
४९)_[ टुक्का कविताहरू ]_
१,
मित्रता हाम्रो सधैँ बाँचिरहोस्
मृत्यु पछि पनि त हाँसिरहोस् ।
२,
मिलन त हुने थियो, भएरै छोड्यो
मेरै हातको सिन्दुर र घुम्टो अोड्यो ।
✍️ एवाइ प्रभात
धनकुटा
५०)_[ टुक्का कविताहरू ]_
१.
त्यस्तो होस् सबैको हेर मित्र
छलकपट नहोस् उ भित्र !
२.
मित्रतापुर्वक व्यवहार सबैलाई गरौँ
माया, प्रेम र स्नेह मनमा सबैले नै भरौँ !
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौं
५१)_[ टुक्का कविता ]_
साहित्यिक यात्राकाे सम्बन्ध फैलिएर जाओस्
मित्रताले झनै सँधैभरि अजम्बरी पाओस् ।
✍️ काेपिला अधिकारी
गाेरखा
५२)_[ टुक्का कविता ]_
बुझ्न गाह्रो रहेछ मान्छेको मन भित्र
अौकात हेरेर मात्र बनाउँछन् मित्र ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत
५३)_[ टुक्का कविताहरू ]_
१.
धेरै धेरै लेखिने सधै यो मित्रताको कथा
फुकाउन मिल्ने मन भित्रका अनेक व्यथा ।
२.
बिना लाेभ र स्वार्थ रहित मनकाे याे साथी
असर मित्रता हुन्छ रे त सबै भन्दा माथी ।
✍️ सुशीला शिखा
काठमाडौँ, कागेश्वरी
५४)_[ टुक्का कविता ]_
काव्य गर रस पान
सन्तुष्टि दिन्छ है जान ।
✍️ तेजप्रसाद खनाल
दाङ ।
५५)_[ टुक्का कविताहरू ]_
१.
कता छुटे कहाँ पुगे बालपनका हाम्रा मित्र
नहुदा नि कुराकानि बसिरहन्छ मन भित्र ।
२.
एक दुई मात्रै रैछन्न सच्चा हाम्रा मित्र
मित्र बनी कति हजुर देखाउछन् चित्र ।
✍️ यसोदा
धनगढी
५६)_[ टुक्का कविता ]_
बलियो अभिन्न शक्ति हो मित्रता
दुखसुखमा आउँदैन तिक्तता ।
✍️ राधा चाम्लिङ
खोटाङ
५७)_[ टुक्का कविताहरू ]_
१.
मित्रताको बोली व्यवहार सम्बन्धको डोरी
भृकुटी र सीता जस्तै बन्नु हाम्रा सबैं छोरी ।
२.
मित्रताको बोली व्यवहार सम्बन्धको डोरो
राम र लक्ष्मण जस्तै बन्नु हाम्रा सबैं छोरो ।
✍️ देव मगर
तिनाउ-१,कचल,पाल्पा
५८)_[ टुक्का कविताहरू ]_
१.
मित्रताको साथ दुःखमा पनि सुखमा पनि होस्
एकअर्कामा सद्भाव रहिरहने पुल बनोस् ।
२.
असल मित्रताको सङ्गतले जीवन सफल बन्छ
कठिन परिस्थितिमा मित्रले हात समाई रहन्छ ।
✍️ कृष्ण बहादुर बजगाई
५९)_[ टुक्का कविता ]_
मित्रता तितो नभई फैलिएको राम्रो
मिठासले सधैँभरि तान्छ मन हाम्रो ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
६०)_[ टुक्का कविता ]_
कस्तो डोरी बॉधिएछ कहिले पनि नटुट्ने
मित्रताको बन्धन हो कहिले पनि नछुट्ने ।
✍️ प्रर्थना खनाल
६१)_[ टुक्का कविता ]_
मनको सुन्दरता हृदय भित्रको मानवता बनाउँ
मनमा भरिएको मैलो धुँदै असल मित्रता जनाउँ ।
✍️ दिपा भण्डारी
६२)_[ टुक्का कविता ]_
मित्रता सधैँ यस्तो होस् गाँस छोड्ने साथ नछोड्ने मित्र
दु:ख सुखमा सधैँ साथ दिँदै राखाेस् आफ्नो मनभित्र ।
✍️ बिबा तामाङ
दार्जिलिङ
६३)_[ टुक्का कविता ]_
साथी त यस्तो होस् देख्नेहरू छक्क परुन
जस्तो अप्ठ्यारोमा पनि साथै अघि सरुन ।
✍️ दीप गोले तामाङ
रौतहट
६४)_[ टुक्का कविता ]_
मलाई लेख्न आउँदैन टुक्का
भनिदिए मित्रकाे मन फुक्का ।
✍️ अम्बिका सापकाेटा
६५)_[ टुक्का कविता ]_
टाढा भए पनि प्रगाढ मित्रता हुनु पर्छ
दुःख सुख साथ दिँदै सफलता छुने गर्छ।
✍️ सानु जाेशी
सुदुरपश्चिम दार्चुला
::::: जय टुक्का! जय साहित्य!! :::::








