काठमाडौं, दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस व्युटिफुल नेपाल” को १० औं संस्करण तथा “मिसेस व्युटिफुल नेपाल” को ९ औं संस्करणको ग्राण्ड फिनाले काठमाडौंस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा सम्पन्न भएको छ।
उक्त समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्य तथा नेपाली फिल्म उद्योग, सङ्गीत र फेसन क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख निर्णायक मण्डलमा वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी रहेका थिए भने निर्णायकहरूमा वरिष्ठ अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता तथा गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, अभिनेत्री शिल्पा पोखरेल ,शिक्षाविद मन कुमारी पोखरेल लगायत अन्य विशिष्ट व्यक्तिहरू रहेका थिए।
यस वर्ष मिसेस व्युटिफुल नेपाल–२०२५ को उपाधि प्रिया कार्कीले प्राप्त गर्न सफल भइन् भने मिस व्युटिफुल नेपाल–२०२५ को विजेता प्रसुन्ना सेन्चुरी घोषित भइन्।
प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा सीमित नरही विवाहित र अविवाहित महिलाहरूको आत्मविश्वास, नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुति र व्यक्तित्व विकासमा ध्यान केन्द्रित गरिन्छ। कार्यक्रमपूर्व दिइने गुरुकुल शैलीको प्रशिक्षण, व्यक्तित्व विकास सत्र, सञ्चार कला, फेसन डिजाइन र स्टेज प्रस्तुति लगायतका विषयमा अनुभवी प्रशिक्षकद्वारा विशेष प्रशिक्षण दिइएको थियो।
मिसेस तर्फका उपाधी विजेताहरु
मुख्य विजेता–प्रिया कार्की
प्रथम उपविजेता–पारु खड्का
द्वितीय उपविजेता–मोनिका शर्मा
मस्ट पपुलर–पारु खड्का
भिवर्स च्वाईस–प्रिया कार्की
उत्कृष्ट र्याम्प वाक–मोनिका शर्मा
उत्कृष्ट अनुशासित – मनिषा गुरागाईं
बेष्ट स्माईल – पारु खड्का
बेष्ट फोटोजेनिक–प्रिया कार्की
उत्कृष्ट पङ्गच्युयल–अनिता राज भण्डारी ९ब्लग०
उत्कृष्ट नृत्य–पारु खड्का
उत्कृष्ट व्यक्तित्व–प्रिया कार्की
उत्कृष्ट प्रतिभा–अनिता राज भण्डारी
त्यसैगरि, मिस तर्फका विजेता तथा उपाधी विजेताहरु
विजेता–प्रसुना सेन्चुरी
प्रथम उपविजेता–श्रेया वाग्ले
द्वितीय उपविजेता– विपना भट्टराई
तृतीय उपविजेता– सोनिया रञ्जित
मस्ट पपुलर–एलिना कार्की
भिवर्स च्वाईस– सोनिया रञ्जित
अन्य विधाहरूमा
उत्कृष्ट प्रतिभा–अनुग्रह घिमिरे
उत्कृष्ट अनुशासित–सपना कुमारी शहनी
उत्कृष्ट र्याम्प वाक–अनुग्रह घिमिरे
उत्कृष्ट शारिरीक वनोट–श्रेया वाग्ले
उत्कृष्ट फोटोजेनिक–एलिना कार्की
फेशन आइकन–विपना भट्टराई
मस्ट एक्टिभ–प्रसुना सेन्चुरी
उत्कृष्ट नृत्य–विपना भट्टराई
मस्ट फ्रेण्डिली–सोनिया रञ्जित
उत्कृष्ट पङ्गच्युयल–श्रेया वाग्ले
उत्कृष्ट मुस्कान–प्रमिला न्यौपाने
यो कार्यक्रमले सहभागी महिलाहरूलाई आत्मअनुशासन, सार्वजनिक व्यवहार र नेतृत्व गुण विकास गर्ने ठुलो प्लेटफर्मको रूपमा परिचय दिलाउँदै आएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए भने कार्यक्रमको संचालन समेत उनैले गरेका थिए । ईभेन्ट डाईरेक्टरको रुपमा गीता उप्रेती रहेकी थिईन ।
विजेता तथा विभिन्न विधाका उपविजेताहरूले गौरवपूर्ण उपाधि, ताज, ट्रफी, साथै संस्थागत गिफ्ट ह्याम्परहरू, अन्तर्राष्ट्रिय भ्रमणको अवसर जस्तै दुवई भिषा , मिडिया प्रोफाइलिङ र फोटोसुट अवसरहरू प्राप्त गरेका छन्।
कार्यक्रममा विशेष अतिथिको रूपमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता राजाराम पौडेल, निर्माता उत्तम केसी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
दक्ष इन्टरनेशनल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रतिस्पर्धा नेपाली महिलालाई आत्मनिर्भर, सक्षम र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्ने दक्ष व्यक्तित्वको निर्माणमा केन्द्रित छ । यो कार्यक्रमले सौन्दर्यभन्दा पनि सशक्त सोच, सभ्य व्यवहार र सामाजिक योगदानको महत्त्वलाई स्थापित गर्दै आएका कारण, नेपाली सौन्दर्य प्रतियोगिताको क्षेत्रमा प्रेरणादायी बनिरहेको छ।








