नेपालमा बितेको १० वर्षमा खेतीयोग्य जमिन १६ दशमलव ६ प्रतिशतले घटेको छ । २०६८ सालको तुलनामा २०७८ सालमा खेतीयोग्य जमिन १६ दशमलव ६ प्रतिशतले घटेर १८ लाख हेक्टरमा झरेको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को विषयगत प्रतिवेदन अनुसार नेपालमा खेतीयोग्य जमिन १८ लाख हेक्टरमा झरेको छ । २०६८ सालमा २२ लाख हेक्टर थियो । खेतीयोग्य जमिन घट्नुको मुख्य कारण शहरीकरण हो । अक्सर खेतीयोग्य जमिनमै शहरीकरण हुने गरेको पाइएको तथ्याङ्क कार्यालयले जनाएको छ । शहरीकरण कम भएको कर्णालीमा खेतीयोग्य भूमि ५ दशमलव ४ प्रतिशतले मात्रै घटेको छ । यस्तै गण्डकीमा ७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९ दशमलव १ प्रतिशतले घटेको छ ।







