प्रियसी म्यूजिकको आयोजनामा सम्पन्न ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा लोकप्रिय हास्य कलाकार राजन चौलागाई खैराते सम्मानित भएका छन । चलचित्र विकास बोर्डको हलमा आयोजित भव्य समारोहमा खैरातेलाई “कला सम्मान” बाट सम्मानित गरिएको हो ।
म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको सभापतित्वम र संघीय सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ३० विधामा अवार्ड वितरण गरिनुका साथै गीतसंगीत र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी शनिबार भएको तामाङ चलचित्र संघ बागमती प्रदेशको स्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रममा उनलाई साँस्कृतिक सम्मान प्रदान गरिएको हो ।
वि.स. २०४७ सालबाट रेडियो नेपालमा रहने विभिन्न कला सम्बन्धिका कार्यक्रमहरुबाट कलाकारीताको सुरुवात गरि तत्कालीन नेपालमा सर्वाधिक चर्चामा रहेको मेरी बास्सै, इयाँइकुटी झ्याँई, जिरे खुर्सानी लगायतका दर्जनौ लोकप्रिय सिरियलहरू र दर्जनौं संख्यामा नाटकहरुमा निरन्तर अभिनय गर्दै अब्बल कलाकारको रुपमा स्थापित भएको भन्दै सम्मान गरिएको हो ।








