बनेपा, रोटरी क्लब अफ काभ्रे बनेपाको २५ औं पदस्थापन समारोह नयाँ नेतृत्वलाई सपथ सहितको जिम्मेवारी हस्तान्तरण गर्दै बुधबार बनेपामा सम्पन्न भएको छ ।
रोटरी क्लब अफ काभ्रे बनेपाको वर्ष २०२५÷२०२६ का लागि सरिता शाक्य अध्यक्षमा निर्वाचित भएकी छिन् । वर्ष २०२४÷२०२५ का अध्यक्ष श्यामकुमार तिमल्सिनाले नवनिर्वाचित अध्यक्षलाई रोटरियन माला सहितको पद हस्तान्तरण गरेका हुन । अध्यक्ष सरिता शाक्यले समुदाय र रोटरी बीचको सम्वन्धलाई अझै फराकिलो बनाउँदै रोटरीको २५ वर्षे गौरवपूर्ण इतिहासलाई कायम राख्न प्रयत्न गर्ने बताईन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष श्यामकुमार तिमल्सिनाले अध्यक्षको कॉलर, ल्यापिन, हथौड़ा (गाभेल) हस्तान्तरण गर्दै शाक्यलाई पदस्थापन गराएका थिए । पुर्व डिस्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रदेश सभा सदस्य कञ्चन्द्रबादे श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, असिस्टेन्ट गर्भनर अशोककुमार श्रेष्ठ, ललितपुरका पुर्व अध्यक्ष अनिश बज्राचार्य लगायतले रोटरी र समुदायमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

निवर्तमान अध्यक्ष श्यामकुमार तिमल्सिनाको कार्यकालमा भएका महत्वपूर्ण कार्यको सबैले प्रशंसा व्यक्त गरेका थिए । निर्वतमान अध्यक्ष तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाली जनताको समृद्धिको कामनासहित टोस्ट प्रस्ताव राखेका थिए । अध्यक्ष सरिता शाक्यले अन्तर्राष्ट्रिय रोटरी अध्यक्ष अरेञ्जो र उनकी पत्नी अन्ना मारियाको स्वास्थ्य तथा अन्तर्राष्ट्रिय रोटरीको सफलताका लागि दोस्रो टोस्ट प्रस्ताव गरेकी थिईन् । रोटेरियन सलीस्मा कायस्थले संचालन गरेको कार्यक्रममा सचिव कुशल श्रेष्ठले धन्यवाद ज्ञापन गरेको पूर्व अध्यक्ष केशव बडालले जानकारी दिए ।