काभ्रेको बनेपा नगरपालिका वडा नं. २, माथिल्लो गिरी गाउँमा एक घर एक धारा कार्यक्रम अन्तर्गत ५३ घरधुरी र १ वटा विद्यालयमा गरी ५४ खानेपानीको धारा जडान गरिएको छ ।
बनेपा नगरपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारिमा सञ्चालित आयोजना सम्पन्न भएसँगै स्थानियहले घर आगनमै शुद्ध खानेपानिको सुविधा पाएका हुन । बनेपा नगरपालिका वडा नं. २, का वडा सदस्य साधुराम गिरीको प्रमुख अतिथ्यतामा सफा र स्वच्छ समुदाय घोषणा गरिएको हो । कार्यक्रममा वडा वडा सदस्य गिरीले १२ सफा र स्वच्छ समुदाय घोषणा गरिएको भन्दै समुदाय आफैले आफ्नो घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्नुपर्नेे धारणा राख्नु भएको थियो । आयोजनाका अध्यक्ष शुसिल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कल्पना गिरीले आयोजनाको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।








