बनेपा, प्रगतिशील लेखक सङ्घ ९प्रलेस० काभ्रेको आयोजनामा कवि रक्तिम लामाको नवीनतम कविता संग्रह ‘कमरेड कमान्डर बोल्दैन’ को लोकार्पण भएको छ ।

अघिल्लो शनिबार प्रलेसका केन्द्रीय अध्यक्ष मातृका प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं समालोचक नन्दुप्रसाद उप्रेतीले कृति समालोचना प्रस्तुत गर्नुहुँदै यस संग्रहले क्रान्तिकारी चेतनाको गहिरो सन्देश दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का वैकल्पिक केन्द्रीय सदस्य शिशिर भण्डारी, भूमि अधिकार राष्ट्रिय संगठनका केन्द्रीय अध्यक्ष इन्द्र तामाङ, कवि तथा साहित्यकार दिल पौडेल, लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
प्रलेस काभ्रेका उपाध्यक्ष उत्साही नवराजले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । ‘कमरेड कमान्डर बोल्दैन’ संग्रहमा क्रान्ति, संघर्ष, विभेदविरुद्धको आवाज र नयाँ समाजको सपना बोकेका १००वटा गद्य कविताहरू समेटिएका छन । कवि रक्तिम लामाले संग्रहमार्फत वर्तमान सामाजिक–राजनीतिक स्थितिको निर्भीक भाषामा चित्रण गर्नुभएको छ ।