काभ्रेको बनेपा नगरपालिका वडा नं. १२, पुरानो गा.वि.स.मा एक घर एक धारा कार्यक्रम अन्तर्गत ६५ घरधुरी र २ वटा विद्यालयमा गरी ६८ खानेपानीको धारा जडान गरिएको छ ।
बनेपा नगरपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारिमा सञ्चालित आयोजना सम्पन्न भएसँगै स्थानियहले घर आगनमै शुद्ध खानेपानिको सुविधा पाएका हुन । बनेपा नगरपालिका वडा नं. १२, का वडा अध्यक्ष राम बहादुर कुँवरको प्रमुख अतिथ्यतामा २०८२ असार २८ गते सफा र स्वच्छ समुदाय घोषणा गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष कुँवरले २०३० सम्म नेपाललाई पूर्ण सरसफाई घोषणा गर्ने लक्ष्य लिएकोमा बनेपा १२ सफा र स्वच्छ समुदाय घोषणा गरिएको भन्दै समुदाय आफैले आफ्नो घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्नुपर्नेे धारणा राख्नु भएको थियो । कार्यक्रम आयोजनाका अध्यक्ष प्रेम वहादुर तामाङको अध्यक्षतामा भएको थियो ।