मंगोलियमा  सम्पन्न  JCI Asia Pacific Conference 2025 मा काभ्रे जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी पुजन महर्जनलाई JCI Star Local President ” साथै सिनेटर रिकेश सैजुं एवं जेसी रशिक शाक्यलाई JCI Star Local Members” बाट सम्मानित गरिएको छ। एशिया-प्रशान्त क्षेत्रका विभिन्न देशका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सो सम्मेलनमा  काभ्रेका पुजन महर्जन, रिकेश सैजुं, रशिक शाक्य पनि सम्मानित हुने सूचीमा पर्न सफल हुनुभएको हो । सम्मेलनमा नेतृत्व, कार्यक्रमको प्रभावकारिता, सामाजिक परिवर्तनमा योगदान, र जेसीजका चारवटा मूल क्षेत्रहरू – व्यक्तित्व सशक्तिकरण, समुदायमा जेसीज, व्यवसाय विकास तथा अन्तर्राष्ट्रिय समन्वय—मा देखाएको उत्कृष्ट कार्यका आधारमा उहाँहरूलाई सम्मान गरिएको हो। अध्यक्ष महर्जनको नेतृत्वमा काभ्रे जेसीजले वर्ष २०२५ मा गरेका अभियानहरू, जस्तै युवा सशक्तिकरण कार्यक्रम, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, प्रोजेक्ट संकल्प, प्रोजेक्ट उर्जा, प्रोजेक्ट (सम्पदा) संरक्षण , प्रोजेक्ट सक्रिय, प्रोजेक्ट सारथि, खानेपानी  वितरण लगायतका गतिविधिहरू समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको काभ्रे जेसिजका महासचिव  विजयराम बन्जाराले बताउनु भयो । यसै गरि गत जेठ १६ र १७ गते जेसी आई थानकोटको अतिथ्यतामा सम्पन्न नेपाल जेसीज क्षेत्र ग सम्मेलनमा पनि अध्यक्ष पुजन महर्जन क्षेग ग उत्कृष्ट शाखाबाट पुरस्कृत हुनु भएको थियो ।