मिस एण्ड मिसेस ब्युटिफुलको १० औं संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित मेट्रो रेस्ट्रोमा आयोजना गरिएको अडिसनमा अनुभवी अभिनेत्री सन्नी रौनियार विशिष्ट अतिथि रहेकी थिइन । अडिसनमा लोकप्रिय अभिनेता रमेश उप्रेती, उद्यमी र ¥याप एण्ड ड्राइभकी संस्थापक रीता आचार्य, हास्य कलाकार तथा निर्देशक गोपाल ढकाल ‘छन्दे’, गत वर्षको मिसेस ब्युटिफुल विजेता विजया अधिकारी र कलाकार केदार खड्का लगायतको सहभागिता थियो ।
आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेका अनुसार मिस र मिसेस दुवै विधाका लागि अडिसनमा दुई दर्जनभन्दा बढी उत्साही सहभागीहरूले भाग लिएका थिए । विवाहित र अविवाहित दुवै महिलाहरू भाग लिन योग्यले र अडिसन छुटाएकाहरूले अझै पनि बानेश्वरस्थित दक्ष इन्टरनेशनलको कार्यालयमा सम्पर्क गर्न सक्नेछन ।
लामो समयदेखि सौन्दर्य र फेसन क्षेत्रमा सक्रिय पाण्डेले छनोट भएका सहभागीहरूले अर्को हप्तादेखि सुरु हुने एक महिनाको प्रशिक्षण कार्यक्रममा भागलिने बताए । जसको ग्रान्ड फिनाले श्रावण १० (जुलाई २६) मा नेपाल पुलिस क्लबको हलमा आयोजना हुने पाण्डेले बताए । मिसेस ब्युटिफुल नेपाल २०२४ की विजेता विजया अधिकारीले आफ्नो अनुभव सुनाउदै प्रतियोगिताले महिला सशक्तिकरणमा उल्लेखनीय योगदान पु¥याएको बताइन । कार्यक्रम प्रबन्धक तथा सौन्दर्यविद् सुप्रिया उप्रेतीले यो प्रतियोगिता महिलाहरूका लागि आफ्नो भित्री प्रतिभा प्रदर्शन गर्ने मूल्यवान प्लेटफर्म भएको बताइन् ।
आयोजक पाण्डेले राम्रो सन्देशलाई बताए अनुसार मुख्य उपाधिसँगै विभिन्न उपाधि र उपहार ह्याम्परहरू प्रदान गरिने पनि उल्लेख गर्दै छनोट भएका प्रतियोगीहरूले इन्द्रेणी सुइट होटलमा एक महिनाको तालिम प्राप्त गर्नेछन्, जसमा विषय विज्ञहरूद्वारा सिकाइने मिडिया कम्युनिकेसन, एम्सीइङ, सार्वजनिक भाषण, व्यक्तित्व विकास, आत्मविश्वास निर्माण र प्रेरणादायी कक्षाहरू जस्ता विषयहरू समेटिनेछन । साथै, प्रतियोगीहरूले आफ्नो प्रशिक्षणको भागको रूपमा फिटनेस सत्र, योग, स्पा उपचार, सेल्फ–मेकअप कक्षा र फेसन कक्षाहरू लगायत विभिन्न गतिविधिहरूमा भाग लिनेछन ।